काठमाडाैं फागुन १६,
नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणले धार्मिक संवेदनशीलतामा आँच नपुर्याउने निष्कर्ष निकालेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार साँझ बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले पाथीभरामा केबलकार निर्माण गर्दा धार्मिक आस्थामा असर नपर्ने निष्कर्ष निकालेको हो ।
पाथीभरा केबलकार निर्माणले धार्मिक संवेदनशीलतामा आँच नपुर्याउने पार्टीको निष्कर्ष रहेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार केबलकार सुविधा उपयोग गर्ने विषय मात्र भएको र यसले सबै श्रद्धालुहरूलाई सहज रूपमा दर्शन गर्ने अवसर प्रदान गर्ने भएकाले धार्मिक आस्थामा असर नगर्ने कांग्रेसको विश्वास छ ।
प्रवक्ता महतले पाथीभरा केबलकारबारे पक्ष र विपक्षमा रस्साकस्सी गर्न नहुने उल्लेख गर्दै यस विषयमा वार्ता र संवादमार्फत समाधान खोज्नुपर्ने कांग्रेसको धारणा रहेको बताए।