चितवन, फागुन १२ –
चितवनको एक्सेश एजुकेशनद्वारा आयोजित गन्तव्य न्युजिल्याण्ड कार्यक्रम सफलतापूर्वक भएको छ ।
कुमारी बैंक भवन कमलनगर नारायणगढमा रहेको एक्सेश एजुकेशन परिसरमै आइतबार बिहान १० बजेदेखि ४ बजेसम्म उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा न्युजिल्यण्ड जान चाहने विद्यार्थीहरुले उल्लासय सहभागिता जनाएका थिए ।
कार्यक्रममा न्यूजिल्याण्डका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा बसेर विद्यार्थीहरुले कुराकानी गरी आफ्नो जिज्ञासा मेटाएका छन् । न्युजिल्याण्डको रुल्स एण्ड रेगुलेशन, इमिग्रेशन प्राशेस, पि आर प्रोशेसका बारेमा विद्यार्थीहरुले जानकारी लिन पाएका छन् ।
न्युजिल्याण्डकै प्रतिनिधिबाट जानकारी लिन पाउँदा विद्यार्थीहरु हर्षित भएका थिए । उनीहरुले युनिभर्सिटी र कलेजका स्कलरशिपका बारेमा पनि बुझ्न पाएका छन् भने केहीलाई तत्काल स्कलरशिप उपलब्ध गराइएको एक्सेश एजुकेशनले जनाएको छ ।
एक्सेश एजुकेशनले विगत २० वर्षदेखि न्युजिल्याण्डलाई लक्षित गरेर काम गरिरहेको छ ।