Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत २९, २०८२
☰
Logo आइतबार, चैत २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ४. ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ५. लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६. पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

  • ७. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ८. ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

  • ९. चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • १०. सर्लाहीमा सशस्त्र प्रहरीको कडाइ : ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा

यस्तो छ २०८२ सालमा चाडपर्वको तिथि–मिति, असोज १६ मा दसैँ

काठमाडौँ, फागुन २ –
२०८२ सालको पात्रो सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष २०८२ सालको दसैँको टीका असोज १६ गते परेको छ । समितिका अनुसार असोज ६ गतेबाट दसैँ सुरु हुनेछ । ६ गते सोमबार घटस्थापना स्थापित गरिनेछ भने सोही दिनबाट नवरात्र आरम्भ हुनेछ ।

यसै गरी असोज १३ गते सोमबार फूलपाती, १४ गते मंगलबार महाअष्टमी पर्व परेको छ भने सोही दिनलाई भौमाष्टमी, गोरखकाली पूजा तथा कालरात्रि पनि भनिन्छ ।

यसै गरी असोज १५ गते बुधवार महानवमी र १६ गते बिहीबार विजयादशमी अर्थात् मान्यजनबाट दसैँको टीका लगाइसकेपछि देवी विसर्जन गरिनेछ । यस्तै २० गते पूर्णिमा व्रत वा कोजाग्रत व्रत मनाएसँगै विधिवत् रूपमा दसैँ सकिनेछ ।

यसै गरी कार्तिक २ गते आइतबारबाट विधिवत् रूपमा तिहार सुरु हुनेछ । २ गते कागतिहार तथा धन्वन्तरि जयन्ती परेको छ भने ३ गते सोमबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा मनाइनेछ । सोही दिनलाई सुखरात्रि पनि भनिन्छ । ५ गते बुधवार गाई पूजा, गोरुपूजा, गोवर्धनपूजा र म्ह पूजा परेको छ भने सोही दिन नेपालसम्वत ११४६ आरम्भ हुनेछ ।

यस्तै ६ गते बिहीबार यम द्धितीया अर्थात् भाइटिका परेको छ । असोज २१ गते कार्तिक स्नान, आकाशदीपदान आरम्भ हुनेछ ।

२०८२ सालमा मनाइने अन्य चाडपर्वको तिथि र मिति पनि समितिले उल्लेख गरेको छ । जसअनुसार २०८२ साल वैशाख १४ गते आइतबार मातातिर्थमा गएर स्नान गरिन्छ र यस दिनलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ ।

यसै गरी १७ गते बुधवार अक्षय तृतीया परेको छ भने यसै दिनदेखि त्रेतायुग सुरु भएको मानिन्छ । वैशाख २९ गते सोमबार गौतमबुद्ध जयन्ती, चण्डी पूर्णिमा तथा उभौलीपर्व परेको छ ।

ज्येष्ठ १४ गते शनिवार निर्जला एकादशी व्रत, यस दिन तुलसीको दल राखिन्छ । असार २२ गते आइतबार हरिशयनी एकादशी व्रत परेको छ । यस दिन तुलसीको बिरुवा रोपिन्छ । २३ गते सोमबारबाट चतुर्मास व्रत सुरु हुनेछ । आषाढ २६ गते बिहीबारको दिन गुरु पूर्णिमा परेको छ । यस दिन हामी शिक्षा दिने गुरुहरूको सम्झनामा व्यास जयन्ती मनाइन्छ ।

यस्तै श्रावण ९ गते शुक्रबार गुँलाधर्म आरम्भ हुनेछ । साउन १३ गते मंगलबार नागपञ्चमी परेको छ भने साउन २४ गते शनिवार रक्षा बन्धन, ऋषितर्पणी पूर्णिमा वा जनैपूर्णिमा परेको छ । त्यस्तै साउन २५ गते आइतबार गाईजात्रा, ३१ गते शनिवार श्रीकृष्णजन्मअष्टमी व्रत जसलाई मोहरात्री पनि भनिन्छ ।

भाद्र ७ गते शनिवार कुशेऔंसी परेको छ, जनु दिन बुवाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ । ८ गते आइतबार गुँलाधर्म समाप्ति हुनेछ ।

भाद्र ९ गते दरखाने दिन परेको छ भने १० गते हरितालिका तिज र १२ गते बिहीबार ऋषिपञ्चमी व्रत वा सप्तऋषि पूजा गरेर मनाइन्छ । भाद्र २२ गते पूर्णिमा तिथि परेको छ भने यस दिन खग्रास चन्द्र ग्रहण लाग्नेछ ।

भाद्र २३ गते सोमबारबाट सोह्र श्राद्ध सुरु भई असोज ५ गते आइतबार औँसी श्राद्ध गरिसके पछि पितृ विसर्जन गरिनेछ । सोह्र श्राद्धमा दिवङ्गत भएका पितृहरुको सम्झना स्वरूप उनीहरूको भक्तिभावका साथ श्राद्ध गरिनेछ ।

यसै गरी असोज २१ गते कार्तिक स्नान, आकाशदीपदान आरम्भ हुनेछ ।
यस्तै कात्तिक १० गते सोमबार डालापर्व र षठपर्व मनाइन्छ । १५ गते शनिवार हरिबोधनी एकादशी व्रत परेको छ । सो यस दिन तुलसीको विवाह गरिन्छ । १९ गते बुधवार पूर्णिमा व्रत, कार्तिक स्थान र चतुर्मास व्रत समाप्ति हुनेछ ।

मंसिर ३ गते बुधवार बालाचतुर्दशी परेको छ । सो दिन दिवङ्गत भएका आफन्तको नाममा धार्मिक स्थलहरूमा शतवीज छर्ने परम्परा रहेको छ । ८ गते सोमबार धान्यपूर्णिमा, ९ गते मंगलबार विवाह पञ्चमी यस दिन जनकपुरमा सीता रामको विवाह गर्ने परम्परा रहेकोछ ।

पुस १९ गते शनिवार पूर्णिमा व्रत, श्री स्वस्थानी व्रत सुरु र माघ स्नान आरम्भ हुनेछ । माघ १ गते माघेसङ्क्रान्ती, माघीपर्व मनाइन्छ भने सोही दिनबाट उत्तरायण सुरु हुनेछ । माघ ५ गते सोमबार सोनाम ल्होसार, माघ ९ गते शुक्रबार वसन्त पञ्चमी, श्रीपञ्चमी परेको भने सो दिन सरस्वती माताको पूजा गरि शिक्षा प्राप्तीको कामना गरिन्छ । १८ गते आइतबार माघस्थान समाप्ति र एक महिना लामो श्री स्वस्थानी व्रत पनि समापन गरिन्छ ।

फागुन ३ गते आइतबार माहाशिवरात्री, ६ गते ग्याल्पो ल्होसार परेको छ भने १९ गते फागुपूर्णिमा, तराईमा होली खेली मनाइन्छ । सोही दिन २०८२ सालको दोस्रो खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ । यस्तै चैत्र ४ गते बुधवार घोडेजात्रा, १२ गते बिहीबार चैतेदशै र ५ गते रामवनमी पर्व परेको समितिले जनाएको छ ।

Chitwan Aaja चितवन आज
शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

ताजा समाचार

सबै

रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

“तटस्थ र निष्पक्ष भएर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता”

आशा भोसलेको निधन

कमला नदीमा डुबेर एक युवकको मृत्यु

विद्यार्थी संगठन खारेज गर्न खोजे सरकारकै जरो उखेलिन्छ : विप्लव

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ

भारत जान लागेको चर्चापछि प्रधानमन्त्री बालेनलाई हर्कको सुझाव : महाकालीमा सीमा अतिक्रमण बन्द गरियोस्

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

भरतपुरको अमृतचोकमा छाला, यौन तथा कुष्ठरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

आगलागी हुँदा एक घर जलेर नष्ट

गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

ललितपुरको हेरिटेज गार्डेनमा १३ औं संस्करणको “नेपाल ट्याटु कन्भेसन”

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ४.
    ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ५.
    लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६.
    पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.