Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत २७, २०८२
☰
Logo शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ६. कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

  • ७. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

  • ८. वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

  • ९. ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • १०. ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

ठेक्का सम्झौता भएको लामो समयसम्म पनि सडक कालोपत्र भएन

कञ्चनपुर, माघ २७ –
शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका रामबहादुर साउद छ वर्षदेखि गाउँसम्म जोड्ने कालोपत्र सडक निर्माणको प्रतिक्षामा रहनुभएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत सडक कालोपत्र गर्ने भनिए पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेकोप्रति उहाँ असन्तुष्टि पोख्नुहुन्छ ।

“सडक कालोपत्र गर्न ठेक्का भएको छ वर्ष नै बित्न लाग्यो”, उहाँले भन्नुभयो, “ठेक्काको जिम्मा लिएको निर्माण कम्पनीले काम नगर्दा खाल्डाखुल्डी भएको सडकमा हिँड्नुपरेको छ ।” सडकको ठेक्का लागेको केही महिनापछि गाउँमा नाली निर्माणको काम थालिएको थियो । कमसल इँटा र बालुवा प्रयोग गरी नाली बनाउन थालेपछि चौतर्फी विरोध हुँदा वडाध्यक्षले नाली नै भत्काइदिएपछि निर्माण व्यवसायी त्यसपछि काममा नफर्केको उहाँ बताउनुहुन्छ ।

प्रदेश सरकारले कलुवापुर–बेलौरी सडकलाई बेलडाँडी हँुदै नायल सडकमा जोड्ने योजना अघि सारेको स्थानीय बासिन्दा बताउँछन् । योजना अघि सारेको आधा दशक बढी भइसके पनि काम अगाडि बढ्न नसक्नु विडम्बना भएको स्थानीय टेकबहादुर साउदले बताउनुभयो ।

“सडक पूरै धुलाम्मे छ”, उहाँले भन्नुभयो, “धुलो माटो उड्ने भएकाले सडक नजिकका घरभित्रसम्म धुलो पुग्छ, धेरै जनामा धुलोबाट श्वासप्रश्वासको समस्या बढ्दै गएको छ ।” सडकमा ठूलाठूला खाल्डाखुल्डी भएकाले वर्षात्मा ती खाल्डाखुल्डीमा पानी जम्दा दुर्घटना हुने भय बढ्दै गएको उहाँ बताउनुहुन्छ ।

हिउँदयाममा धुलाम्मे, वर्षात्का बेला हिलाम्मे हुँदा सडकमा हिँडडुल गर्न र सवारीसाधन चलाउन समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ । वडाध्यक्ष बहादुरसिंह महरा कमसल काम गरिन थालेपछि स्थानीयको दबाबमा नाली भत्काउनुपरेको बताउनुहुन्छ ।

दोयम किसिमको इँटा र स्थानीय खोलाको कमसल बालुवा प्रयोग गरेर नाली बनाउन थालेपछि गुणस्तरीय काम गर्न नाली भत्काइएको उहाँले बताउनुभयो । तत्काल ठेक्का सम्झौताबमोजिम सडक स्तरोन्नति र कालोपत्रको कार्य नगरिए सङ्घर्षमा उत्रिनुको विकल्प आफूसँग नरहने अध्यक्ष महराले उल्लेख गर्नुभयो ।

पटकपटक पूर्वाधार विकास कार्यालयलाई सडक कालोपत्रको कार्य अगाडि बढाउन आग्रह गर्दै आए पनि ठेकेदारको लापरवाहीको हवाला दिएर पन्छिने गरेको उहाँ बताउनुहुन्छ । कलुवापुरबाट झण्डै सात किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न सन्तोषी–थेगिम जेभीले निर्माणको जिम्मा लिएको छ ।

सडक कालोपत्रका लागि रु एक करोड बढी बजेट रहेको जनाउँदै पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका प्रमुख योगेन्द्रबहादुुर अधिकारी निर्माण व्यवसायीको उदासिनताका कारण काम अगाडि बढ्न नसकेको बताउनुहुन्छ । “काम अगाडि बढाउन ताकेता गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “गर्छु भन्ने अश्वासन दिन्छन्, देखिनेगरी प्रगति हुनसकेको छैन, सन्तुष्ट छैनौँ ।”

सोही सडकको बन्साहबाट कलुवापुरसम्मको तीन किलोमिटर र चाँनदेवबाट कालागौँडीसम्मको तीन किलोमिटर सडक पनि कालोपत्रको कार्य हुन सकेको छैन । निर्माण व्यवसायीले कालोपत्र गरेको सडक बिग्रिन सुरु भइसकेको छ । ठुल्ठूला खाल्डा र अलकत्रा उप्कन थालेको छ । सडकखण्डको बन्साहबाट कलुवापुरसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको हो ।

सोही सडकखण्डको ढक्का–चाँनदेउबाट कालागौँडीसम्मको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्य पनि अलपत्र अवस्थामा छ । सन्तोषी–थेगिम जेभीसँग विसं २०७८ साउन २० गते सडक कालोपत्रका लागि सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको लामो समय बिते पनि सडक कालोपत्र गर्ने कार्य हालसम्म पूरा गर्न सकेको छैन । सडक कालोपत्रको कार्य सम्पन्न गर्न विसं २०८२ चैतसम्मको समयसीमा निर्धारण गरिएको छ । – रासस

Chitwan Aaja चितवन आज
आइतबार, माघ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सर्लाहीमा सशस्त्र प्रहरीको कडाइ : ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

ताजा समाचार

सबै

सर्लाहीमा सशस्त्र प्रहरीको कडाइ : ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

राजनीतिमा विरलै भेटिने ‘म्यानेजर’: विजय सुवेदी

लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

नियुक्त गरेको १३ दिनमै श्रममन्त्री दीपककुमार साह पदमुक्त

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन चितवनका व्यवसायीको माग

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अस्पतालले भन्यो– ओलीलाई तत्काल ‘डिस्चार्ज’ गर्न मिल्दैन

आज प्रतितोला ४३ सयले बढेपछि सुनको मूल्य पुग्यो ३ लाख ९४ हजार ७००

एमालेका अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेशलाई जमानीमा छाड्ने तयारी

छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बिर्तामोडको कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ६.
    कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.