Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत २२, २०८२
☰
Logo आइतबार, चैत २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ७. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ८. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

  • ९. नागढुंगा–मुग्लिन सडक आजदेखि तीन राति बन्द हुने

  • १०. नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

माघे औँसीमा साढे तीन लाख भक्तजनद्वारा त्रिवेणी स्नान

नवलपुर (नवलपरासी), माघ १८ –
नवलपरासी (बर्दघाट–सुस्तापूर्र्व)को ऐतिहासिक धार्मिकस्थल त्रिवेणीधाममा माघे औँसीमा साढे तीन लाख बढी भक्तजनले स्नान गरेका छन् ।

हरेक वर्षको माघ कृष्ण औँसीका दिन यहाँ स्नान गरेमा मोक्ष प्राप्त हुने विश्वासका साथ नेपाल र भारतबाट लाखौँ भक्तजन आउने गरेका गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) क्षेत्र विकास समितिले जनाएको छ । स्वर्णभद्रा, पूर्णाभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीधाममा यही माघ १५ गते रातिदेखि माघ १७ गतेसम्म स्नानका लागि भक्तजनको भीड लागेको थियो ।

तीन नदीको सङ्गमस्थल त्रिवेणीमा स्नान गर्नाले पूण्य मिल्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपिन्द्रेश्वर भुसालले बताउनुभयो । यस धाममा स्नान, दर्शन तथा पूजापाठका लागि आएकामध्ये ७० प्रतिशतभन्दा बढी भारतीय तीर्थयात्री रहेका भुसालको भनाइ छ ।

नेपालका विभिन्न जिल्लासहित भारतको उत्तरप्रदेश, विहारलगायत क्षेत्रबाट यहाँ आउने धार्मिक पर्यटनको सङ्ख्या अत्यधिक हुने उहाँले बताउनुभयो । परापूर्वकालमा गजराज ९हात्ती० र गोहीको लडाईं हुँदा भगवान नारायणले अवतार लिएर हात्तीलाई मोक्ष दिलाउनुभएको मान्यताअनुसार यस धामलाई गजेन्द्र मोक्ष दिव्यधाम भन्ने गरिएको जनश्रुति छ । बाबुआमा नहुनेले माघे औँसीका दिन त्रिवेणी धाममा स्नानपछि श्राद्ध गर्ने र दान दिने चलन छ ।

माघे औँसीमा मेला भर्न आउने भक्तजनको सुरक्षा र उनीहरुको सहजताका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरले त्रिवेणीधाममा ६२ जनाको प्रहरी टोली खटाएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । “मेलालाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन हामीले जनपद प्रहरी र ट्राफिक प्रहरी खटाएर नागरिक सहायता कक्षसमेत स्थापाना गरी मजबुत सुरक्षा व्यवस्था मिलाएका थियौँ”, शाहले भन्नुभयो, “नदीमा हुने अप्रिय घटना र उद्धारका लागि सीमा सुरक्षा बल त्रिवेणीबाटसमेत थप २८ जना सुरक्षाकर्मीको टोली खटिएको थियो ।”

मेलालाई व्यवस्थित बनाउन अस्थायी रुपमा खानेपानी, शौचालय, सडकबत्ती र विभिन्न स्थानमा स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ । त्रिवेणीधाम क्षेत्र त्रेतायुगमा ऋषि वाल्मीकिले रामायण रचना गरेको र लवकुश जन्मेको स्थलका रुपमा धार्मिक ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले बताउनुभयो ।

त्रेतायुगमा भगवान रामले सीतालाई त्याग गरेपछि लक्ष्मणले यही भूमिमा ल्याएर छाडेको, सीताले वाल्मीकि आश्रममै जीवन बिताएको र पछि सीता पाताल प्रवेश गरेको स्थानका रुपमा पनि यो स्थल रहेको गिरीको भनाइ छ । आश्रम क्षेत्रमा रहेका लवकुश जन्मेको स्थल, सीताले प्रयोग गर्ने सिलौटा, लवकुशले घोडा बाँधेको तबेला, विष्णु चक्र, वाल्मीकि ऋषि अन्तरध्यान भएको स्थल, पचासी हजार ऋषिद्वारा वाल्मीकि ऋषिले हवन गरेको हवनकुण्ड, अमृत कुवा, विष्णु चक्रलगायत रामायणकालीन सामग्री खुला रुपमा देख्न सकिने उहाँले बताउनुभयो ।

यस त्रिवेणीधाममा माघे औँसीसहित विशेषगरी शिवरात्रि, साउनमा बोलबमसहित विभिन्न समयमा भक्तजनको भीड हुने गरेको गिरीको भनाइ छ । प्राचीन त्रेतायुगको हरिहर (शिव र विष्णुको प्रतीक) को मूर्तिसहितका रामायणकालीन संरचना यहाँ रहेका उहाँले बताउनुभयो । मानिसले आफूले इच्छ्याएको कुरा माग्नका लागि त्रिवेणीधाम क्षेत्रमा आउने गरेका गिरीको भनाइ छ ।

महर्षी वाल्मीकिले ब्रह्म ज्ञान प्राप्न गर्नुका साथै यहीँ बसेर रामायण लेखेको स्थानका रुपमा वाल्मीकि आश्रम प्रख्यात रहेको सीता मन्दिरका पुजारी शेखर सुवेदीले बताउनुभयो । सीता माता वनबास बसेको र लवकुशको जन्म तथा शिक्षादीक्षा भएकाले यस ठाउँको विशेष महत्व रहे पनि यो क्षेत्र ओझेलमा परेको सुवेदीको भनाइ छ । – रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार
सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन
वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

ताजा समाचार

सबै

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

अबदेखि शनिबार र आइतबार सरकारी बिदा : मन्त्रिपरिषद् बैठकले अरु के के निर्णय गर्‍यो ? (सूचीसहित)

इरानमा हराइरहेका अमेरिकी सैनिकको सफल उद्धार गरिएको ट्रम्पको उद्घोष

२७ मिनेटमै सकियो बैठक : रवि लामिछानेले खर्चिएनन् समय, समर्थक लम्सालले पनि लामो बोलेनन्

सभामुख अर्यालको शपथ ग्रहण आजै

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ :डा. शेखर कोइराला

फेवातालका टहरामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयको बिरोध

जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६.
    मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.