Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, मंसिर २७, २०८२
☰
Logo शनिबार, मंसिर २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ४. बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६. विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

  • ७. मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

  • ८. गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु

  • ९. रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

  • १०. एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

नयाँ नेतृत्वको वाचा : फोहोर र छाडा चौपायामुक्त सिद्धार्थनगर(फोटो फिचर)

मोहम्मद हबिब
भैरहवा, २६ जेठ-

स्थानीय तहहरूमा नयाँ नेतृत्व आएसँगै घोषणा र प्रतिबद्धताको ओइरो लागेको छ । निर्वाचनअघि प्रतिबद्धता पत्र नै सार्वजनिक गरी उम्मेदवारी दिएका कतिपय आकांक्षीहरू निर्वाचित भएका छन् ।

निर्वाचित जनप्रतिनिधिहरूले गरेका वाचा र प्रतिबद्धता कतिपय पूरा गर्न सकिने खालका भए पनि कति त पत्याउन समेत नसकिने खालका छन् । केही जनप्रतिनिधिहरूले पूराना कामलाई निरन्तनरता दिँदै नयाँ फरक कार्यक्रम पनि ल्याएका छन् । पालिकाको स्रोत, साधन र आफ्नो अधिकारको समेत ख्याल नै नगरी लोकप्रिय हुनकै लागि पनि नवनिर्वाचित जनप्रतिनिधिले विभिन्न कार्यक्रम घोषणा गरेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नेपालकै पुरानो नगरपालिकामध्ये एक हो । सिद्धार्थनगरले पनि ३० वैशाखको निर्वाचनपछि नयाँ नेतृत्व पाएको छ । मेयरमा इस्तियाक अहमद खान निर्वाचित भएपछि सपथ ग्रहणकै दिन उनले आफूले पाएको मत बराबर नगर क्षेत्रमा वृक्षारोपण गर्ने, वर्षाैदेखिको छाडा चौपाया समस्या समाधान गर्न कान्जी हाउस स्थापना गर्ने, फोहोर व्यवस्थापन, अव्यवस्थित अटो तथा मेकानिक्सलाई अटो भिलेजमा व्यवस्थापन गर्ने, महिला, विद्यार्थी तथा बालबालिकाका लागि विशेष प्याकेज ल्याउने घोषणा गरे ।

प्रतिबद्धता जनाउनुअघि त्यो काम गर्न सकिन्छ की सकिदैन भनेर बुझ्नु पनि जरुरी छ । नगरपालिकाका यसअघिका नेतृत्वले पाँच वर्षसम्म फोहोर व्यवस्थापनको दीर्घकालिन समाधान गर्न सकेनन्, छाडा चौपायाको समस्या समाधानका लागि कान्जी हाउस स्थापनार्थ ५४ लाख ५० हजार विनियोजन भयो तर काम भएन ।

विगतका वर्षहरूमा पनि बजेट विनियोजन त हुन्थ्यो तर समस्या समाधान हुँदैन थिए । आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा एक वर्षमा समस्या समाधान हुने दाबीसहित नगरपालिकाले नै लगानी गर्ने योजना बनाएको थियो । तर, आर्थिक वर्ष सकिन लाग्दा नयाँ नेतृत्व आएको छ । कान्जी हाउस कहाँ बनाउने टुङ्गो छैन । एक महिनाभित्र काम नसके यसवर्ष पनि बजेट फिर्ता हुने अवस्था छ ।

फोहोर व्यवस्थापनका लागि पनि नगरपालिकाले ओमसतियामा प्रसोधन केन्द्रसहित डम्पिङ साइड बनाउने भने पनि त्यो योजना विफल भएको छ । फोहोरमा समेत राजनीतिकरण हुँदा आएको बजेट पनि फ्रिज भएको छ । अहिले नगरपालिकाले डण्डा नदी किनारमै फोहोर फालिरहेको छ । स्थानीय आजित भएपछि बेला बेलामा अवरोध गर्दै आएका छन् ।

सिद्धार्थनगर–९ गोनहियामा सिद्धार्थ अटो भिलेज स्थापना भए पनि नगरमा मनोमानी रुपमा जहाँ जसले पनि अटो मेकानिक्स व्यवसाय चलाउँदै आएका छन् । नगरपालिकाले यो समस्या समाधान गर्न हरेक वर्ष कुरा उठाउने, प्रतिबद्धता जनाउने भए पनि वर्षौदेखि यस्ता समस्या समाधान अझैसम्म भएको छैन ।

जनप्रतिनिधिले के बुझ्नु जरुरी छ भने यसरी प्रतिबद्धता व्यक्त गरेर चर्चित हुनुभन्दा साँच्चै काम गर्न लाग्नुपर्छ । नवनिर्वाचित जनप्रतिनिधिले काम गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्नु त ठिकै हो तर प्रतिबद्धता व्यक्त गर्नुअघि त्यस क्षेत्रका बारेमा जानकारी राख्न जरुरी छ ।

पहिलो नगरकार्यपालिका बैठकका निर्णणहरू
सिद्धार्थनगर नगरपालिकाको नवगठित कार्यपलिकाले ९ जेठमा विभिन्न पाँच वटा निर्णय गरेको छ । नयाँ नेतृत्वको पहिलो बैठकले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सबैलाई धन्यावाद ज्ञापन गर्ने, निर्वाचनमा गरिएको प्रतिबद्धता नगरवासीको आवश्यकता, उपलब्ध स्रोत साधनको सदुपयोग गर्दै संविधान ऐन, कानुन नियमअनुसार सबैको हातेमालो गर्दै सम्बोधन गर्ने, नगरपालिकाको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने, नगरपालिकालाई सडक मानवमुक्त सहर बनाउन समन्वय सहकार्य गर्ने, सिद्धार्थनगरलाई ग्रिन सिटी, क्लिन सिटी वातावरणमैत्री सहर बनाउन नौ हजार एक सय ३४ बिरुवा राप्ने, नगरमा बालविवाह, बहुविवाह बालश्रमलाई पूर्णत निषेध गरी बालमैत्री नगरपालिका घोषणा गर्ने, कान्जी हाउस स्थापना गरी छाडा चौपाया व्यवस्थापन गर्ने, नगरपालिकाभित्रका नाला सरसफाई अभियान चलाउने, सुत्केरी महिलालाई निःशुल्क स्वास्थय सेवा उपलब्ध गराउने निर्णय पहिलो बैठकले गरेको छ ।

यी निर्णयमध्ये नौ हजार बृक्षारोपण कहाँ गर्ने, कान्जी हाउस कहाँ बनाउने, नगरको सौन्दर्यीकरण बिगारिरहेको अटो भिलेज, छाडा चौपाय, फोहोरको व्यवस्थापन निश्चित र दीर्घकालिन समाधान नभएसम्म कसरी क्लिन, ग्रीन सहर बनाउने बारे प्रश्न उब्जिएको छ ।

सिद्धार्थनगरको छाडा चौपाया व्यवस्थापन कति सम्भव ?
सिद्धार्थनगरमा नवनिर्वाचित मेयर इस्तियाक अहमद खानलाई छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण हुने देखिएको छ । छाडा चौपाया व्यवस्थापनलाई मध्यनजर गर्दै उनले सपथ ग्रहणकै दिन पहिलो प्राथमिकतामा कान्जी हाउस निर्माण गर्ने घोषणा गरे ।

हुनत तात्कालिन मेयर हरिप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा छाडिएका छाडा चौपाया व्यवस्थापनका लागि ५४ लाख ५० हजार विनियोजन गरेका थिए । एक वर्षमा समस्या समाधान हुने दाबीका साथ नगरपालिकाले लाखौँ रुपैयाँ लगानी गर्ने योजना बनाए पनि आर्थिक वर्ष सकिन लाग्दा कान्जी हाउस कहाँ बनाउने बारे टुङ्गो समेत लागेको छैन । छाडा पशु चौपायाका कारण रुपन्देहीमा सवारी साधन दुर्घटना समेत बढीरहेको छ । साथै नगरलाई समेत कुरुप बनाइरहेको छ ।

नगरपालिका स्रोतका अनुसार हालसम्म कान्जी हाउससम्बन्धी कुनै पनि प्रक्रिया सुरु भएको छैन । सिद्धार्थनगर–११ स्थित नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा कान्जी हाउस बनाउने भनिए पनि यसबारे कुनै टुङ्गो छैन ।

वडा नम्बर ११ सिसवास्थित सार्वजनिक जग्गामा कान्जी हाउस (पशु बन्दी गृह) निर्माणका लागि आवश्यक पुर्वाधार निर्माण गरी संचालनमा ल्याउने भनिएको थियो । नगरभित्र रहेका छाडा चौपायालाई त्यहाँ राखेर संरक्षण, उपचार र पालनपोषण गर्नेगरी नगरपलिकाको स्वामित्वमा करिब ४–५ बिघा जग्गा सो क्षेत्रमा रहेको वडाध्यक्ष दिलीप यादवले बताए । कान्जी हाउस निर्माणमाका लागि प्रयोगमा ल्याउने भने पनि स्थानीयले अवरोध गरेपछि प्रक्रिया अगाडि बढेको छैन । नगरपालिकाले बनाउने भनिएको कान्जी हाउससमा हाल मुस्लिम समुदायको कब्रस्थान रहेको छ ।

छाडा चौपाया नियन्त्रण अधिकार स्थानीय तहलाई
संविधानमा स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद–३ अन्तर्गत दफा–११ को उपदफा २ मा छाडा पशु चौपाया नियन्त्रण गर्ने अधिकार स्थानीय तहलाई सुनिश्चित गरेको छ । यस्ता कार्यमा नगरपालिकाले अग्रसरता देखाए पछि नगरपवासी उत्साहित भएका थिए । तर, बजेट विनियोजनपछि पनि अवस्थामा सुधार नभएपछि उनीहरू निराश बनेका छन् । कान्जी हाउसका लागि यत्रो बजेट विनियोजन गर्नु नगर इतिहासमै पहिलो हो ।

कान्जी हाउसका साथसाथै थप चार लाख बजेट नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको यातायातमा खर्च गर्नका लागि छुट्याएको थियो । भलुही र बाउन्नकोटीमा रहेको गौशालाका लागि २–२ लाख बजेट नगरपालिका क्षेत्रमा दुर्घटनामा परेका चौपायाको उपचार र छाडा चौपाया व्यवस्थापनको यातायातमा सो रकम खर्च हुने गरी विनियोजन गरिएको थियो ।

छाडा चौपायाले सहरको सुन्दरीकरणमा ह्रास पु¥याउनुका साथसाथै दुर्घटना पनि बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार पछिल्लो तीन वर्षमा छाडा चौपायाबाट हुने दुर्घटनाको संख्यामा पनि वृद्धि भएको छ ।

पछिल्लो तीन वर्ष रुपन्देहीको बुटवल बाहेक यस क्षेत्रमा दर्जनभन्दा बढी सवारी साधान दुर्घटना छाडा चौपायाकै कारण भएको छ । सडकमा छाडिएका चौपायाका कारण ठूलो दुर्घटना हुने जोखिम कायम छ । भैरहवाको मुख्य बजार बैंक रोड, गल्लामण्डी, वीपीपथ, लुम्बिनी रोड, आवारोड, हाटबजार, मिलनचोक, नारायणस्थान, सिद्धार्थराज मार्गलगायतका स्थानमा पशु चौपायाकोले आवगमनमा पनि अवरोध हुने गरेको छ ।न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एनपीएल : उत्कृष्ट खेलाडी बन्दै रोहितले पाए कार
लुम्बिनी बन्यो दोस्रो संस्करणको च्याम्पियन, फाइनलमा निरीह बन्यो सुदूरपश्चिम
एनपिएलको फाइनलमा लुम्बिनी लायन्स विजयी, पराजित बन्यो सुदुरपश्चिम

ताजा समाचार

सबै

एनपीएल : उत्कृष्ट खेलाडी बन्दै रोहितले पाए कार

लुम्बिनी बन्यो दोस्रो संस्करणको च्याम्पियन, फाइनलमा निरीह बन्यो सुदूरपश्चिम

एनपिएलको फाइनलमा लुम्बिनी लायन्स विजयी, पराजित बन्यो सुदुरपश्चिम

एमाले महाधिवेशन उद्घाटन : कुन दलबाट को-को जाँदैछन् ?

एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा

आगलागीबाट एक महिनामा आठको मृत्यु, जोखिम न्यूनीकरणमा खट्न प्राधिकरणको आग्रह

महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे

मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ

बर्दी लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने २१२ सशस्त्र प्रहरी कारबाहीमा

एमाले महाधिवेशनको तयारी पूरा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

पूर्व-पश्चिम राजमार्गस्थित दुधौरा पुलको निर्माण पुसभित्र सक्ने कम्पनीको प्रतिबद्धता

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ४.
    बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६.
    विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech