चितवन, माघ १३ –
वार्षिक तिथिमा भजन गाउन गएको भरतपुरको पोख्रेली आमा समुहलाई १ लाख सहयोग गरिएको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १२ स्थित पोख्रेली आमा समुहले हर्कवहादुर केसीको वार्षिक तिथिमा भजन गाउँदा केसीका छोराछारी र श्रीमतीले एक लाख ३ हजार ७ सय १० रुपैयाँ र साउण्ड सिस्टमहरु सहयोग गरेका हुन् ।
आमा समुहकी अध्यक्ष शोभा पण्डितको नेतृत्वमा भजन गाउन गएको टोलीलाई केसीको परिवारले १ लाख बराबरको सहयोग गरेका हुन् ।
५९ सदस्य सहेको उक्त आमा समूह गत वर्ष २०८० भदौमा स्थापना गरिएको थियो । आमा समुहले प्रत्येक सदस्यको घरमा पुजा हुँदा भजन गाउने र विवाह हुँदा रत्यौली खेल्ने गरेको छ ।
आमा समुहले त्यसरी प्राप्त गर्ने सहयोगको रकम विभिन्न मठ मन्दिरमा दान गर्ने गरिएको अध्यक्ष पण्डिले बताइन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार