काठमाडाैं, माघ ६ –
झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-६ थुम्वेदिन बस्ने ५२ वर्षीय कुमार राई रहेका छन् ।
कुमारले ती किशोरीलाई हल्दीबारी गाउँपालिका-४ स्थित मेची पोल्ट्री फर्मको कोठाभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हल्दीबारीबाट खटिएको प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।






