काठमाडौंँ, ३ माघः
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध उजुरी दिएका छन् ।
आफूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै बिहीबार उनले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका हुन् ।
उनीमाथि बुधबार (हिजो) काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको थियो ।






