काठमाडौं माघ २
तराईका अधिकांश स्थानमा आज हुस्सु र कुहिरो लागेको छ । केही दिनदेखि तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्दै आएको छ ।
विराटनगरमा आज बिहान ६०० मिटर भिजिविलिटी रहेको छ ।मौसमबिदका अनुसार “धनगढीमा ८०० मिटर, नेपालगञ्जमा ८०० मिटर र भैरहवामा दुई हजार मिटर भिजिविलिटी छ,”
मौसमसाखाका अनुसार भोलिबाट हुस्सु र कुहिरो केही कम हुनेछ । बिहीबार आंशिक बदली रहेका कारण हुस्सु र कुहिरो आजको तुलनामा केही कम हुने मौसमबिदको भनाइ छ ।
मंगलबार आजभन्दा धेरै हुुस्सु र कुहिरो लागेको थियो । हिजो बिहान भैरहवामा ५० मिटर, विराटनगरमा सय मिटर, सिमरामा दुई सय मिटर भिजिविलिटी रहेको थियो ।
बिहीबारबाट नयाँ मौसमी प्रणाली भित्रिँदै, चिसो बढ्छ कि घट्छ ?
“आज अपराह्नसम्म हुस्सु र कुहिरो हट्नेछ । घाम लाग्दै जाँदा हुस्सु र कुहिरो पनि कम हुने र अपराह्नसम्म हट्नेछ,”।
आजको न्यून भिजिविलिटीले पनि तराई क्षेत्रमा हवाई सेवा प्रभावित हुने सम्भावना छ । दुई हजार मिटरभन्दा तलको भिजिविलिटीमा विमान उडान तथा अवतरण गर्न कठिन हुन्छ ।
बाक्लो हुस्सु र कुहिरो लाग्दा चिसो बढेर जनजीवन प्रभावित हुँदै आएको छ । भिजिविलिटी कम हुँदा हवाई तथा सडक यातायात प्रभावित हुँदै आएको छ ।
हुस्सु र कुहिरो न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम लाग्नु नै हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण हो ।






