Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, माघ १५, २०८२
☰
Logo बिहिबार, माघ १५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • ५. आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ७. चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

  • ८. सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

  • ९. उज्यालो नेपालका १५ नेताले गरे पार्टी त्यागेको औपचारिक घोषणा

  • १०. नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते

कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर महिनाको ६० हजारसम्म कमाउँदै राजेन्द्र

बरहथवा (सर्लाही), पुस २९ –
विद्युतीय धरापमा परेर खुट्टा गुमाएका सर्लाहीको हरिवन नगरपालिका–५ किङरिङ टोलका २२ वर्षीय राजेन्द्र महतोले विद्युतीय तीन पाङ्ग्रे सवारी साधन (अटोरिक्सा) चलाएर जीवनमा पुन खुसी फर्काए। वि।सं २०७७ वैशाख १८ गते दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि उनलाई अब बाँकी जीवन सकियो भन्ने चिन्ता लागेको थियो। तर, त्यही दुर्घटनापछि जीवनमा एकपछि अर्को गर्दै खुसी आएको उनले सुनाए।

चार वर्ष पहिला विद्युतीय दुर्घटनामा परेका राजेन्द्रको बायाँ खुट्टा घुँडामाथिसम्म काटिएको छ। केही समयसम्म वैशाखीको सहारा लिएका उनले अहिले कृत्रिम खुट्टाको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन्। कृत्रिम खुट्टाको सहाराले उनलाई सामान्य काम गर्न र हिँड्डुल गर्न सहज मात्र भएको छैन। विगत दुई वर्षदेखि अटोरिक्सा चलाएर मनग्य कमाइ गरिरहेका छन्।

‘दुर्घटनामा खुट्टा गुमाएपछि आफ्नै जीवन अभिशाप हुने भयो भन्ने लागेको थियो,’ उनले भने, ‘परिवारको सहारा र वडाले दिएको अटोरिक्सो फेरि परिवारको मेरूदण्ड बनेको छु। अटोरिक्सा चलाउन सुरू गरेको आउने फागुनमा दुई वर्ष पुग्दै छ। यसको कमाइबाटै ठूलो प्रगति गरेको उनले जानकारी दिनुभयो।’

अटोरिक्सा चलाएर कमाएको रु १६ लाखले एउटा पक्की घर बनाएको उनले बताए।

एउटा अटोरिक्साले मात्र नभ्याउने भएपछि पालैपालो चार्ज गरेर चलाउन भनेर तीन महिना पहिला मात्र उनले अर्को मयुरी किनेका छन्।

अटोरिक्साकै कमाइबाट रु चार लाख ५० हजार खर्च गरेर नयाँ मयुरी थपेको उनले जानकारी दिए।

कृत्रिम खुट्टा हाल्न बेचेको खेतकै सिमानामा एक कठ्ठा घडेरी जोडिसकेको राजेन्द्रको भनाइ छ। बिहानैदेखि साँझसम्म आवश्यक पर्दा रात दिन नभनी अटोरिक्सा चलाउने उनले दैनिक रु सात ७ हजारसम्म कमाएको बताए।

थोरै कमाइ हुँदा दैनिक दुई हजार पाँच सयसम्म आम्दानी गरेको उनी बताउँछन्। खर्च कटाएर कम्तीमा महिनाको ६० हजारको दरले घरकै खाएर परिवारसँगै बसेर वर्षमा सात लाख बढी कमाइ रहेको उनले सुनाए।

‘दिनको रु सयको बिजुली खर्च हुन्छ,’ उनले भने, ‘आजसम्म कमाइ भएन भन्ने दिन आएको छैन।’ बजारको दिन त भ्याइनभ्याई हुने गरेको उनको अनुभव छ। राजेन्द्रले काकालाई मयुरी चलाउने पेसामा ल्याए।

आफूले अटोरिक्सा चलाउन सुरू गरेयता गाउँमा पाँच वटा मयुरी थपिएको उनले बताउँछन्। निकै न्यून आयस्तर भएका राजेन्द्रको उपचारमा २२ लाखभन्दा धेरै खर्च लागेको बुवा सन्तलाल महतोले जानकारी दिए।

वि।सं २०६० मा चिरान मिलले बुवा सन्तलालको हात काटिएपछि घरपरिवारको पालनपोषणको जिम्मा राजेन्द्रको काँधमा आयो। दुई भाइ र एक बहिनीमध्येका जेठा उनले एक निजी दूध डेरीमा काम गरेर घर खर्च धान्दै आएका थिए। उनी वि।सं २०७६ मा विद्युतीय दुर्घटनामा परेपछि परिवारको बिचल्ली भएको थियो।

‘सम्पत्तिको नाममा दुई कठ्ठा खेत र १० धुर घडेरीमा बनेको सानो घर बाहेक केही थिएन,’ सन्तलालले भने, ‘आफू पहिलेदेखि अपाङ्ग एक मात्र भरोसा जेठो छोराको त्यस्तो भएपछि हामी सडकमा आइपुगेका थियौं। हारगुहार गरेर छोरा त बचाएँ। अब कसरी जीवन धान्ने भन्ने दिन आयो। केही नभएको देखेर वडाध्यक्ष नागेन्द्र साहले दिएको मयुरीले फेरि हाम्रो जीवन फर्किएको हो,’ उनले गहभरी आँसु बनाए।

त्यो दुर्घटना, त्यसपछिका केही वर्ष फर्किएर सम्झँदा मन भक्कानिने गरेको राजेन्द्रकी आमा सुमित्रादेवी महतो बताउँछिन्।

‘छोरा दुर्घटनामा परेपछि त मेरो लागि सारा धर्ती भासिएजस्तै भयो,’ उनले भनिन्, ‘श्रीमानको हात काटिएपछि घर हेर्ने छोराको अवस्था यस्तो भएपछि के भयो होलारु सम्झना गर्न मन लाग्दैन।’

छोराले मयुरी चलाउने हिम्मत गरेको र त्यो दुःखमा वडाले मयुरी दिएर लगाएको गुन जीवनभरि तिर्न नसकिने उनको भनाइ छ।

‘सुरूमा मैले अब पसल चलाउँछु, भनेर वडाध्यक्षसँग सहयोग मागेको थिएँ,’ राजेन्द्रले भने, ‘वडाध्यक्षले पसलमा उधारो धेरै हुन्छ। लगानी धेरै चाहिन्छ। त्यसो नगर मसँग एउटा उपाय छ। वडाबाट एउटा मयुरी अनुदान मिलाइदिन्छु। तिमी मयुरी चलाऊ भन्नुभयो। मैले दुई पाँच सय आम्दानी भयो भने परिवार पाल्न सक्छु भनेर हुन्छ भनिदिएँ।’

वि।सं २०७९ फागुनमा वडा कार्यालयले राजेन्द्रलाई एक थान विद्युतीय मयूरी दियो। त्यसयता राजेन्द्रले दुःखका दिनलाई फेरि फर्किएर हेर्नुपरेको त छैन नै केही गर्नसक्छु भन्ने हिम्मत बढाए।

अटोरिक्साको आम्दानीले बहिनीको विवाह गर्दा लागेको रु पाँच लाख ऋण तिरेको उनले बताए।

‘मैले अटोरिक्सा चलाएर नसोचेको आम्दानी गरेँ,’ उनले भने, ‘एउटाले नभ्याउने भएपछि त्यसैको कमाइबाट तीन महिना पहिला मात्र अर्को अटोरिक्सा किनेको छु।’

अटोरिक्सा लिएर राजेन्द्र महोत्तरीको बर्दिवास, रौतहटको चन्द्रपुर, बरहथवा, जिल्ला सदरमुकाम मलङ्गवासम्म पुगेका छन्। तर, उहाँ अधिकांश समय गाउँबाट दुई तीन किलो मिटरको दुरीमा रहेको हरिवन बजार ओहोरदोहोर गर्ने यात्रुहरूलाई सेवा दिन्छन्। सरल र मिलनसार उनको अटोरिक्सामा स्थानीय ढुक्क भएर यात्रा गर्छन्। आज भोलि बिहान सबेरैदेखि साँझ अबेरसम्म यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनु राजेन्द्रको नियमित कर्म बनको छ।

दुर्घटनामा खुट्टा गुमाएपछि कसरी परिवार पालौंला भन्ने चिन्तामा रहेका राजेन्द्र वडाबाट पाएको अटोरिक्सा चलाउन थालेपछि फेरि परिवारको दरिलो आड बनेर उभिएका छन्।

त्यतिमात्र हैन, मेहिनत गरेर परिवारलाई सुखले पाल्न सक्छु भन्ने हिम्मत बढेको उनले उत्साहित हुँदै सुनाए। राजेन्द्रको दुर्घटनापछि नै एक छोरा र एक छोरी जन्मिएका छन्। विवाहको सात वर्षपछि सन्तान पाएका राजेन्द्रले खुसियालीमा गाउँमा भोज नै खुवाए।

सवारी चालक अनुमतिपत्र नपाएको गुनासो

सामान्य मानिसले जस्तै आफूले मयुरी सजिलै चलाउन सक्ने भए पनि अनुमति पत्र नपाएको राजेन्द्रको गुनासो छ।

उनी जिप, कार चलाउन अनुभवी र अनुमतिपत्र प्राप्त चालक हुन्। दुर्घटनापछि ठूलो सवारी चलाउ छाडेको बताए। मयुरीको सबै नियन्त्रण हातमा हुने र दायाँ खुट्टा राम्रो भएकाले काम गर्न कुनै समस्या नभएको उनी बताउँछन्। त्यति हुँदाहुँदै यातायात व्यवस्था विभागले आफूहरू जस्ताको लागि चालक अनुमतिपत्र दिनेसम्बन्धी व्यवस्था नभएको भन्दै फर्काएको उनको दुखेसो छ।

‘मैले चालक अनुमतिपत्र लिने प्रयास गरेँ,’ उनले भने, ‘बुझ्न जाँदा अपाङ्गता भएकाका लागि दिन मिल्ने कानुन छैन भनेर फर्काउनुभयो। विदेशमा कम्मर तल नचल्ने व्यक्तिहरूले सबै नियन्त्रण हातमा राखेर गाडी चलाउने अनुमति पाउँछन्।’

यहाँ पनि त्यस्तै व्यवस्था हुनुपर्ने उनको माग छ। यो सोख भन्दा पनि रोजी रोटी सँग जोडिएको विषय भएकोले सरकारले यता ध्यान दिनुपर्ने उनी बताउँछन्।

यसरी शारीरिक रूपमा सामान्य क्षति पुगेका अपाङ्गता भएकाहरू सयौंले क्षमता र हिम्मत हुँदाहुँदै श्रम गरेर खान नपाएको उनको भनाइ थियो।

हरिवन–५, का वडाध्यक्ष नागेन्द्र साहले राजेन्द्रलाई अटोरिक्सा सहयोग गरेर आफूले स्थानीय जनप्रतिनिधिको भूमिका निर्वाह गरेको बताए।

आर्थिक रूपमा निकै विपन्न परिवारमा एकपछि अर्को बज्रपात परेको र त्यसबाट एक परिवार नै धारासायी बनेपछि वडाले जीविकोपार्जन कार्यक्रमअन्तर्गत मयुरी किनेर दिएको उनको भनाइ थियो।

‘घरमुली बुवाको बायाँ हात काटिएको छ,’ उनले भने, ‘त्यसपछि घरको सबै अभिभारा सम्हालेका छोरा राजेन्द्रको पनि खुट्टा गुमेपछि त्यो परिवारमा कस्तो अवस्था भयो होलारु एउटै वडाबासी भएको नाताले मैले महसुस गरेको छु। युवा मान्छे केही गर्नुपर्‍यो भन्ने हिम्मत लिएर सहयोग माग्न आउनुभयो। मैले नै वडाबाट निःशुल्क अटोरिक्सा उपलब्ध गराई दिएँ। अहिले प्रगति नै प्रगति भएको छ। हामी निकै खुसी छौं।’

यस वडा कार्यालयले हरेक वर्ष यस्ता विपन्न परिवार छानेर आवास र स्वरोजगारीको लागि विभिन्न सहयोग गर्ने गरेको उनले बताए।

स्थानीय सरकारको भूमिका यही होला भन्ने लागेको उनको अनुभव छ।

‘स्थानीय सरकारले बजेट तयार गर्दा लैङ्गिक उत्तरदायित्व लिएर लक्षित वर्गको लागि बजेट राख्नुपर्ने व्यवस्था नै छ,’ उनले भने, ‘सोहीअनुसार जीविकोपार्जनका लागि विपन्न परिवारलाई सहयोग गरेका छौं।’ – रासस

Chitwan Aaja चितवन आज
सोमबार, पुष २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मधेसबाट चुनाव लड्ने निर्णय विकल्प नभइ चाहना होः सभापति थापा
उपत्यकामा लुट आतंक : मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन आचारसंहिता : १० दिनमा उल्लंघनका २१ घटना, पाँचले दिए जवाफ

ताजा समाचार

सबै

मधेसबाट चुनाव लड्ने निर्णय विकल्प नभइ चाहना होः सभापति थापा

उपत्यकामा लुट आतंक : मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले

निर्वाचन आचारसंहिता : १० दिनमा उल्लंघनका २१ घटना, पाँचले दिए जवाफ

रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

रास्वपाको बहुमत आएन भने देश फेरि ‘सरकार फेर्ने घनचक्कर’मा फस्ने छःस्वर्णीम वाग्ले

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

रवि लामिछानेलाई ‘डिस्चार्ज’ गर्ने तयारी

चितवनको गहुँमा नयाँ रोग

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • ५.
    आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६.
    स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.