धरान, पुस २८ –
सुनसरीको धरानबाट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका-१९ हरियाली चारकोसे जंगलबाट एक थान भरुवा बन्दुक, भरुवा बन्दुकमा लाग्ने फलामको गोली तीन थान, टोटा बन्दुकको गोली दुई थान, बारूद र खुकुरी एक थानसहित इटहरी उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरी समेत ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा ४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई शनिबार राति पक्राउ गरेको हो ।






