सिन्धुपाल्चोक, पुस २८ –
सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका- ४ बस्ने मकवानपुरको थाहा नगरपालिका- ७ पालुङ घर भएका ३३ वर्षीय रामचन्द्र तामाङ छन् ।
उनको बाह्रबिसे नगरपालिका- ३ खुर्सानीबारीस्थित विद्युत्को तार फेर्ने क्रममा करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






