२६ पुस, काठमाडौं
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
यो अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा ४.४ प्रतिशतमात्र बढी हो ।
अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।
पाँच महिनाको अवधिमा वैदेशिक रोजगारीमा जान तीन लाख २५ हजार ८०९ जनाले श्रम स्वीकृति लिएका छन् । यसमा एक लाख ९० हजार ३८४ जनाले नयाँ र एक लाख ३५ हजार ४२५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो वर्षको यस अवधिमा दुई लाख ७४ हजार ५१७ जनाले अन्तिम श्रम स्वीकृत लिएका थिए । पाँच महिनाको अवधिमा खुद ट्रान्सफर ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार