विराटनगर, पुस २४ –
झापा, सुनसरी, इलाम र धनकुटाबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् ।
मंगलबार झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका- ४ का ३१ वर्षीय दिलप्रसाद राई र दमक- २ की २९ वर्षीया स्मारिका नेम्वाङ ४ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
त्यसैगरी वडा प्रहरी कार्यालय धरानको टोलीले धरान- १२ मा डेरा गरी बस्दै आएकी २२ वर्षीया सम्झना लिम्बूलाई निषेधित औषधि १८२ चक्की र गाँजा १०० ग्रामसहित पक्राउ गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा १६ किलोग्राम गाँजा बोकेको को ३३ प ९३०७ नम्बरको मोटरसाइकलसहित शहीदभूमि गाँउपालिका- ७ का ३९ वर्षीय निकेन्द्र राई र उनकी श्रीमती ३० वर्षीया निशा राईलाई पक्राउ गरेको हो ।
इलामको देउमाई नगरपालिका- ३ का ५० वर्षीय रमेश अधिकारीलाई औषधि ९२ चक्की ब्राउन सुगर १ ग्राम ७४० मिलिग्रामसहित इलाका प्रहरी कार्यालय मंगलबारेले नियन्त्रणमा लिएको हो ।






