बुटवल, पुस २३ –
बुटवल उपमहानगरपालिका–११ मजुवास्थित डम्पिङ साइटमा नवजात शिशुको शव फेला परेको छ ।
मंगलबार बिहान तिनाउ नदी किनारामा पर्ने मजुवाको फोहोरको थुप्रोमा शव फेला परेको प्रहरीले जनाएको छ ।
‘आज बिहान साढे ९ बजेतिर सालनाल काटिएको अवस्थामा शिशुको शव फेला परेको छ,’ डीएसपी पण्डितले भने ।
शव अहिले लुम्बिनी प्रदेश अस्पतालमा राखिएको छ ।
फोहोरको थुप्रोमा कसले र किन शिशु फालेको लगायत विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






