चितवन, पुस २२ –
भरतपुर महानगरपालिका–१० स्वस्तिक टोलमा आइतवार बेलुका ५ बजे आगो ताप्ने क्रममा आगोले पोलेर एक बृद्ध घाइते भएका छन् ।
स्थानीय ८१ वर्षीय तीर्थराज पौडेल आफ्नै घरको छतमा आगो तापिरहेको अवस्थामा आगोले एक्कासी पोल्दा शरिरको विभिन्न भागमा ५५ प्रतिशत जलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पौडेललाई उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो । थप उपचारको लागि आइतवार साँझ ७ः१५ बजे काठमाडौँको कृतिपुर अस्पताल रिफर गरिएको छ ।