Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत १७, २०८२
☰
Logo मङ्गलबार, चैत १७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ४. ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवासमा सारियो सामान

  • ७. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ८. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ९. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • १०. वैकल्पिक किरा व्यवस्थापन सम्बन्धी जनचेतना जगाउँदै २७ वर्षीय निशा सुवेदी

मुस्ताङमा पर्यटक आगमन ५० प्रतिशतले वृद्धि

म्याग्दी, १८ पुस :
मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ५० दशमलब २० प्रतिशत अथवा ४५ हजार तीन सय ६३ ले बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ । मुस्ताङ घुम्ने पर्यटकको संख्या सन् २०२४ मा एक लाख ३५ हजार सात सय १९ जना पुगेको एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो ।

सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दश गन्तब्यमा समेटिनु, नयाँ गन्तब्यको पहिचान, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका र अनलाइन मार्फत रुट परमिट लिने प्रणाली शुरु भएका कारण मुस्ताङमा पर्यटक आगमन बढेको उहाँले बताउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिकहरु मुस्ताङ भ्रमणमा आउने क्रम क्रम बढेको उद्योग तथा पर्यटन कार्यालय मुस्ताङका प्रमुख प्रेम प्रसाद पौडेलले बताउनुभयो ।

सन् २०२३ मा ९० हजार तीन सय ५६, सन् २०२२ मा ६५ हजार ९४०, सन् २०२१ मा दुई हजार ३०० र २०२० मा दुर्ई हजार ३४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारी अघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका तथ्याङ्क छ ।

सन २०२४ मा मुस्ताङ भ्रमणमा आएका मध्य एक लाख नौ हजार पाँच सय ४९ जना सार्क राष्ट्रका र २६ हजार एक सय ७० जना तेस्रो मुलुकका छन् । जनवरीमा दुई हजार एक सय २६, फेब्रअरीमा तीन हजार छ सय ९९, मार्चमा १४ हजार आठ सय २९, अप्रिलमा १७ हजार तीन सय २०, मेमा २९ हजार सात सय ७३, जुनमा १६ हजार तीन सय ४२, जुलाईमा तीन हजार चार सय ४०, अगस्टमा तीन हजार पाँच सय ८०, सेप्टेम्बरमा ११ हजार सात सय ८५, अक्टोबरमा १४ हजार ३५, नोबेम्बरमा १२ हजार ३५ र डिसेम्बरमा छ हजार सात सय पाँच जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।

कागबेनी देखि कोरला नाका सम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शूल्क तिरेर अध्यागमन विभागबाट अनुमति लिनुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलककालाई प्रतिव्यक्ति रु. एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु. तीन हजार शूल्क तोकिएको छ ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जिवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल लगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा चार लाख २७ हजार जना पर्यटक सडक मार्ग भएर मुस्ताङ घुम्न गएका थिए ।

म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर पर्यटक मुस्ताङ पुग्छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ काटेर पनि पर्यटक मुस्ताङ छिर्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ ।

मुस्ताङस्थित मुक्तिनाथ क्षेत्र विश्वभरका हिन्दूमाझ पवित्र धार्मिकस्थल मानिन्छ । मुक्तिनाथकै बाटो भएर बौद्ध भिक्षु पद्यसम्भव बौद्ध धर्म प्रचारका लागि तिब्बत गएको हुँदा त्यस क्षेत्र बौद्धहरूको पनि तीर्थस्थलका रूपमा चिनिन्छ ।

Chitwan Aaja चितवन आज
बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नागढुंगा–मुग्लिन सडक आजदेखि तीन राति बन्द हुने
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ताः सरकारले मधेसलाई प्राथमिकता दिने

ताजा समाचार

सबै

नागढुंगा–मुग्लिन सडक आजदेखि तीन राति बन्द हुने

शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

प्रभू साह र रवि लामिछानेबीच भेटवार्ताः सरकारले मधेसलाई प्राथमिकता दिने

भक्तपुर र महोत्तरीमा गएराति भएका दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

आज पनि बढ्यो सुनचाँदीको मूल्य

कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छः प्रदिप पौडेल

चितवनमा बर्ड फ्लु पुष्टि, १८ हजारभन्दा बढी कुखुरा नष्ट गरियो

प्रहरी पोसाक उत्पादनका लागि आफ्नै फ्याक्ट्री बनाउछौ : गृहमन्त्री गुरुङ

सांसदले आ–आफ्ना क्षेत्रका समस्या राख्दै, प्रधानमन्त्रीलाई भने– समाधानमा जोड दिनुहोस्

ओली रिहाइको माग गर्दै आज पनि एमालेको प्रदर्शन (फोटोफिचर)

अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

सार्वजनिक यातायात प्रणाली सुधारः गाडीहरूमा क्यूआर राख्न सिफारिस

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

आज सुनचाँदीकै मूल्यमा गिरावट,सुनको मूल्य दुई लाख ८३ हजार ५०० रुपैयाँमा कायम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ४.
    ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवासमा सारियो सामान

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.