काठमाडौं, पुस १४ –
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएको छ । आइतबार काभ्रेको बनेपा क्षेत्रमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जानकारी दिए ।
“लुक्लाबाट काठमाडौं आउँदै गरेको हेली एभरेस्टको हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण भएको छ,” उनले भने ।
हेलिकोप्टरमा पाँच विदेशी यात्रु र पाइलट थिए । हेलिकप्टर चेकजाँच भइरहेको र अन्य कुनै क्षति नभएको शेर्पाले जनाए ।






