काठमाडाैं पुस ८
आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका निकोलस भुसाल पक्राउ परेका छन् ।
केही दिनअघि हिरासतमा सुतिरहेका रास्वपा सभापति रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई राजधानीबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपीसानुराम भट्टराईले जानकारी दिए ।
कानुन विपरीत फोटो सार्वजनिक गरेपछि गृहमन्त्री रमेश लेखकले यसमा संलग्नमाथि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए । सोही आधारमा उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार