काठमाडौं, मंसिर २१ –
भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ पुगेर दर्शन गरेका छन् । निजी भ्रमणका लागि आजै काठमाडौं आएका वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका हुन् ।
यसअघि, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी राजालाई स्वागत गरेका थिए ।
उनले स्वयम्भूनाथ परिसरको अवलोकनसमेत गरेका थिए । उनी नजिकै रहेका गुम्बाहरूमा समेत पुगेका थिए ।
करिब आधा घण्टा स्वयम्भूनाथ परिसरमा बिताएका भुटानी राजाले काठमाडौं उपत्यकाको दृश्यावलोकन पनि गरेका थिए ।
भारतबाट स्वदेश फर्किने क्रममा काठमाडौं आएका उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














