काठमाडौं, कात्तिक ३०-
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । साताको अन्तिम कारोबार दिन बजारमा सुनको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० सय रुपैयाँले बढेको छ । यो सँगै आज सुन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।