काठमाडौं, कात्तिक १५-
नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ३ सयले बढेर तोलाको एक लाख ७१ हजारमा कारोबार भएको छ ।
यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि बुधबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको थियो ।