काठमाडाैं, कात्तिक १४
नेपाली बजारमा सुनको मूल्य आज तोलामा २ हजार २०० रुपैयाँले बढेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुनको मूल्यले फेरि अहिलेसम्मकै सर्वाधिक महँगो भएको हो ।
हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ थियो ।
चाँदी पनि आज महँगिएको छ । चाँदी आज तोलाको दुई हजार एक सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य दुई हजार एक सय पाँच रुपैयाँ थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार