चितवन, ६ कात्तिक
पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपा चितवनले आज पनि बिरोध प्रदर्शन गरेको छ। राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले मंगलबार भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘असली सहकारी ठगलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘माफियाहरूलाई कारवाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘नडराउ रवि दाई-जनता तिम्रो साथमा छ’, ‘रवि दाइ हाइ हाइ’, लगायतका नारा लगाए ।
रास्वपा केन्द्रिय सदस्य राजन गौतमले कार्यक्रमलाई सम्बोधन गर्दै न्यायप्रेमी जनतालाई पोखरा जान आग्रह गरे। सरकारले राजनीतिक प्रतिशोध साँधेर रविलाई पक्राउ गरिएको जिल्ला सभापति कृष्ण भुसालले बताए ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आइतबार कास्की अदालत पेश गरिएको थियो ।
अदालतमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ । रास्वपाले भने नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै निरन्तर आन्दोलन गर्ने जनाएको छ ।