Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत १३, २०८२
☰
Logo शुक्रबार, चैत १३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • ९. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

  • १०. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

नारायणगढ–बुटवल सडक : मर्मतलाई प्राथमिकता दिन निर्माण कम्पनीलाई निर्देशन

नवलपुर (नवलपरासी), असोज २१ –
यही असोज १८ गते सडक भासिँदा १२ घण्टाभन्दा लामो समय नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी नै अवरुद्ध भयो । यसखण्डको दाउन्नेस्थित खुर्सानी खोलानजिकै असोजमा मात्रैमा दुईपटक सडक भासिँदा यातायात सेवा अवरुद्ध भएको थियो ।

सडक भासिएर यातायात आवागमन अवरुद्ध हुँदा यात्रुहरुले निकै सास्ती खेप्न बाध्य भए । सामान्य पानी परेको अवस्थामा कहाँ सडक अवरुद्ध हुनपुग्छ र बाटोमा अलपत्र गरिन्छ भन्ने चिन्ता बोकेर हिँड्नुपरेको भरतपुर–११ का कृष्ण पौडेलले गुनासो गर्नुभयो ।

भारतको नयाँ दिल्ली गएर फर्किदै गर्नुभएका पौडेल दाउन्नेको जाममा १२ घण्टासम्म रोकिएको गुनासो गर्नुभयो । “दिल्लीमा काम सकाएर दाउन्ने हुँदै घर जान हिँडेको थिएँ, दाउन्नेमा सडक भासिएर बाटो अवरुद्ध भएछ”, उहाँले भन्नुभयो, “यस सडकको विकल्प नभएका कारण असोज १८ गते रातभरी बाटोमै बस्नु पर्‍यो ।”

राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको एक सय १४ किलोमिटर दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई कम्तीमा चार घण्टा लाग्ने गरेको छ ।

सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का निर्देशक इञ्जिनियर चुडाराज ढकालले भन्नुभयो, “बाटोमा कुनै जाम भएन भने चार घण्टामा सार्वजनिक सवारीसाधनले नारायणगढ बुटवलको दूरी पार गर्छन् ।” सडक सहज रुपमा सञ्चालन गराउनका लागि निर्माण कम्पनीलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।

“सडक विस्तारको काम निकै ढिला भएको महसुस गरेर हामीले भोलि निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेडलाई ‘नोटिस’ दिँदैछौँ”, उहाँले भन्नुभयो, “उनीहरु रु १३ अर्ब घाटा भयो भनेर ढिलासुस्ती गर्दैछन्, काम नगरे ठेक्का तोड्ने र अन्य प्रक्रियामा जाने चेतावनीसहितको सूचना दिन लागेका हौँ ।” यस खण्डको काममा निर्माण कम्पनीको केन्द्रीय कार्यालयले लगानी गर्ने तयारी गरेको बुझिए पनि काम ढिला हुँदा आफूहरुले सूचना दिन लागिएको इञ्जिनियर ढकालले बताउनुभयो ।

दसैँ सुरु भएपछि सडक विस्तारभन्दा पनि सडक मर्मत गरेर यात्रालाई सहज बनाउन निर्देशन दिइएको उहाँले बताउनुभयो । “यो सडक भएर लाखौँ यात्रुले यात्रा गर्नुहुन्छ, सडकको खाल्डाखुल्डी पुरेर यात्रा सहज बनाउन हामीले निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “मनसुनपछि पूर्वीखण्डमा पाँच किलामिटर कालोपत्र भएको छ, भने बाँकी मर्मतको काम भएको छ ।”

एक सय १४ किलोमिटर सडकमध्ये एकतर्फी ६० किलोमिटर कालोपत्र भएको २० किलोमिटर जति पुरानै कालोपत्र रहेको र करिब ३४ किलोमिटर सडक खाल्डाखुल्डीसहित कच्ची भएकाले कच्ची बाटोको यात्रा सहज बनाउन लगाइएको उहाँले बताउनुभयो ।

नारायणगढ बुटवल सडकखण्डमा दाउन्नेबाट पूर्वतर्फभन्दा दाउन्नेबाट पश्चिमतर्फको खण्डमा बढी जोखिम देखिएको छ । नारायणगढ बुटवल सडक योजना पश्चिम खण्डका योजना प्रमुख इञ्जिनियर शशाङ्क मिश्रले अहिले आफूहरुले सडक मर्मतलाई प्राथमिकता दिएको बताउनुभयो । “जसरी हुँदै यात्रुहरुको यात्रा सहज बनाउने हाम्रो प्रयत्न छ”, उहाँले भन्नुभयो, “पहिराले सडक अवरुद्ध भएमा तत्काल खुलाउने गरी हामी तयारी अवस्थामा रहेका छौँ ।”

पहिरो सम्भावित क्षेत्र दाउन्नेमा अपरेटरसहित एउटा एक्साभेटर, एउटा डोजर तथा एउटा रोलर तयारी अवस्थामा राखिएको मिश्रले बताउनुभयो । मिश्रले भन्नुभयो, “अवरुद्ध भएको सडक तत्काल खुला गर्नका लागि स्थानीय प्रशासन, ट्राफिक प्रहरीसहितको सहकार्यमा काम गर्नेगरी योजना बनाएका छौँ ।” मनसुन सुरु भएपछि पश्चिम खण्डमा सडक विस्तारका काम सुरु नभएको भन्दै सडकलाई खाल्डाखुल्डी बनाउतर्फ ध्यान दिइएको योजना प्रमुख मिश्रले बताउनुभयो ।

“अहिले बुटवलबाट बर्दघाट बढीमा साढे एक घण्टामा पुग्न सकिन्छ भने त्यहाँबाट दाउन्ने आधा घण्टामा पास हुन्छ”, मिश्रले भन्नुभयो, “दसैँमा घर फर्किने यात्रुको यात्रालाई सहज बनाउन हामीले सक्दो प्रयास गरिरहेका छौँ ।”

खैरहनी र बुटवलतर्फ केही खाल्डाखुल्डी भएका भन्दै इञ्जिनियर मिश्रले मङ्गलबारसम्म ती खाल्डाखुल्डी पुरेर यात्रालाई सहज पारिने जानकारी दिनुभयो । – रासस

Chitwan Aaja चितवन आज
सोमबार, असोज २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी
पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

ताजा समाचार

सबै

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

बालेनलाई बधाई दिँदै बस्नेतले भने- हरेक कदम समालिएर अघि बढ्नुहोला

बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

र्‍यापर , इञ्जिनियर र समाजसेवी हुदैँ नेपालको ४३औं प्रधानमन्त्री बनेका बालेन शाह (बालेन्द्र)

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु

बालेनको क्याबिनेटबाट अमरेश आउट

टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु

१० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणापछि तेलको मूल्य घट्यो

प्रधानमन्त्रीसहित १५ मन्त्रीको नाम निश्चित

राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ आज

‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ

इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी

पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिन : सुहाङ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.