नवलपुर, असोज १८-
नवलपुरको कावासोतीमा स्कुल बसको ठक्करबाट २२ महिने बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कावासोती १ छहारी चोक निवासी यम पौडेलका छोरा २२ महिने बालक सम्राट पौडेल रहेका छन्।
कावासोती १ छहारी चोक भित्री सडकखण्डमा कोइलापानीबाट फलफूल चोकमा आज शुक्रबार गण्डकी बोर्डिङ स्कूलको ना १ क ५८१७ नम्बरको बसले ठक्कर दिएको हो।
बसको ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि नवलपुर अस्पताल कावासोती ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
ठक्कर दिने बस र बस चालकलाई प्रहरी ले नियन्त्रणमा रहेको छ ।