चितवन, १५ असोज
चितवनमा क्रिकेट प्रतियोगिता हुने भएको छ। विजया दशमीको अवसर पारेर राधापुर युथ क्लबले “रामजी कंडेल T-12 क्रिकेट प्रतियोगिता” आयोजना गरेको हो ।
‘अनुशासन र एकताको लागि खेलकुद’ भन्ने नाराको साथ प्रतियोगिता आयोजनामा गरेको आयोजकले जनाएको छ। प्रतियोगिता भरतपुर १४ स्थित राधापुर खेल मैदानमा हुनेछ।
प्रतियोगितामा सहभागी टिमले असोज १६ गते गतेसम्म दर्ता गर्नुपर्नेछ । खेलको विजेताले ४० हजार, दोस्रोले २० हजारसहित ट्रफी, मेडल र सर्टिफिकेट पाउनेछन् । उत्कृष्ट ब्याट्समेन र बलरले एक/एक हजार र म्यान अफ द सिरिजलाइ १५०० रुपैंया सहित ट्रफी र मेडल पुरस्कार तोकिएको छ ।
खेलमा चितवनसहित बाहिरी जिल्लाका २० भन्दा बढी क्लबहरुले भाग लिने आयोजकले जनाएको छ ।