चितवन, असोज १०-
राष्ट्रपति रामचन्द्र पौडेल आज चितवन आउँदै छन् । राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्न राष्ट्रपति पौडेल चितवन आउन लागेका हुन्।
राष्ट्रपति पौडेल बिहान ११ बजे भरतपुर आइपुग्ने र त्यस लगत्तै क्यान्सर अस्पतालको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेल सहभागी हुने अन्य औपचारीक कार्यक्रम छैन ।
क्यान्सर अस्पतालको कार्यक्रमलाई सम्बोधन गरेपछि उनी पश्चिम नवलपरासी जाने डिएसपी रिजालले जानकारी दिए ।
















