Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, माघ २१, २०८२
☰
Logo बुधबार, माघ २१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ४. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६. शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ७. आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

  • ८. यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

  • ९. चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

  • १०. इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

नवलपुरमा जितीया पर्व मनाइँदै

फाइल तस्बिर

नवलपुर, असोज ९-
नवलपरासी (बर्दघाट–सुस्तापूर्व), का थारु महिलाले आज धुमधामका साथ जितिया पर्व मनाउँदै छन् । तीन दिनसम्म मनाइने यो पर्वको मुख्य दिन आज थारु महिला निराहार व्रत बसेर रमाइलो गरी मनाउँदैछन् ।

जितिया पर्व हरेक वर्षको आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म नेपालको मध्यभागमा रहेको नवलपुर तथा तराईका जिल्लामा थारु महिलाले मनाउने गर्दछन् । यस व्रत वा उपवासको क्रममा जितवहान भगवानको कथा र महिमा सुन्ने गरिन्छ । थारु महिलाहरुको ठूलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख शान्ति र दीर्घायुको लागि प्रसिद्ध छ ।

आज अष्टमी तिथिका दिन थारु समुदायका महिला ‘झाम्टा’ नाच नाच्दै गाउँदै जितिया मनाउँछन् । आज बिहानै उठेर नुहाइधुवाइ गरी बेलपत्र टिपेर पूजा तथा नाचगान गर्दै दिनभर महिला तथा युवती यो पर्व मनाउने गर्दछन् । थारुहरुको बाक्लो बसोबास रहेको जिल्लाको मध्यविन्दु, कावासोती, देवचुली नगरपालिकामा जितियाको विशेष उल्लास हुने गरेको छ ।

यो पर्वमा पहिलो दिन सप्तमी तिथिलाई ‘लाहा खाएके’, दोस्रो दिन अष्टमी तिथिलाई ‘उपास’ र अन्तिम दिन नवमी तिथिलाई ‘पारन’ भनिन्छ । हिजो मङ्गलबार सप्तमीको दिन भएकोले महिलाहरु बिहानै खोला, ताल तलैया, नदी, पोखरीमा गई स्नान गरी त्यसपछि मात्रै खानेकुरा ‘दर’ खाएका थिए । आज बुधबार अष्टमीको दिनमा महिला बिहानै नुहाइधुवाइ गरी सफा र शुद्ध कपडा लगाएर बिहानैदेखि पानी पनि नखाइ निराहर ‘उपास’ ब्रत बसेर झम्टा नाच नाचेर मनाउँछन् ।

महिला नयाँ सांस्कृतिक वेषभूषा लगाई आज अष्टमीको दिनभरि नै झम्टा नृत्यमा रम्ने गर्दछन् । बेलुकीपख व्रतालु फेरि खोलामा गई पिनाले नुहाइ पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै व्रतालु महिला जम्मा भएर कथा सुन्ने प्रचलन छ । रुखको चारैतिर व्रतालु महिला फलफूल, पानी, दूध, दही, भिजाएको मास र चामल लिएर बस्छन् ।

गाउँको कुनै एक पुरुषले जीतबाहनको कथा (जितिया व्रत कथा) घण्टौँ लगाएर सुनाउँछन् । कथा सकिएपछि सबै जना घर गएर ‘फराहर’(व्रत बसेको दिनमा बेलुकी पख कथा सुनिसकेपछि दही, केरा, चिउरा, फलफूलको भोजन) गर्छन् । भोलिपल्ट अर्थात् नवमीको दिन बिहानै सबै व्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि व्रतालुले दही, चिउरा, केरा लगायतका खानेकुरा खान्छन् । तर, खानु भन्दा अगाडि आगोको गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानेकुराको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । सन्तानको दीर्घ जीवन, सन्तान प्राप्ति तथा परिवारिक सुखशान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व रहेको मध्यविन्दु नगरपालिका–३ का वडाध्यक्ष मानबहादुर महतोले बताउनुभयो । यो पर्वले महिलाको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने महतोको भनाइ छ ।

विशेषगरी विवाहित थारु चेलिबेटीले निराहार व्रत बसेर सूर्यलाई जितबाहन बाबाको नामले पूजाअर्चना गर्ने प्रचलन रहेको वडाध्यक्ष महतोको भनाइ छ ।

विवाह गरेर गएका चेलीबेटीलाई अनिवार्य रुपमा माइतीमा बोलाई यो पर्व मनाउने परम्परा छ । विवाहित र अविवाहित दुवै चेलिहरुले यो पर्वमा व्रत लिनसक्ने महतोले बताउनुभयो ।मध्यविन्दुका थारु अगुवा जुगतराम थनेतका अनुसार विवाहितले श्रीमान् र आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै निरहार व्रत बस्छन् भने अविवाहित चेलिहरुले जितबाहन जस्तै सुयोग्य पति प्राप्तिका लागि निरहार व्रत बस्ने चलन छ । चौबिस घन्टे लामो व्रतपछि मात्र महिलाहरुले पानी पिउने थनेतको भनाइ छ ।

यस्तो कठोर व्रतबाट सूर्य भगवान् खुसी भई सन्तान तथा पतिको सुस्वास्थ्य र दीर्घायुको आशिर्वाद दिने विश्वास थारु समुदायको रहेको थनेतले बताउनुभयो । यस पर्वलाई थारु विवाहित चेलिबेटीलाई माइतमा ल्याई सुख–दुःखका कुरा साट्ने अवसरका रुपमा पनि लिने गरिएको मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो । वषौँसम्म आफन्तसँग भेटघाट गर्ने सङ्गमका रुपमा पनि यसलाई लिइने चौधरीको भनाइ छ । मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसर पनि यस पर्वले जुराउने गरेको नगरउपप्रमुख चौधरीको भनाइ छ ।

जितिया पर्व मनाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन नभए पनि थारु समाजमा यसको महिमा परापूर्वकालदेखि रहँदै आएको चौधरीले बताउनुभयो । आफ्नो संस्कृति झल्काउने पोसाकमा सजिएर थारु महिलाहरुले यो पर्व मनाउने गरेका छन् । यसरी सामाजिक सद्भाव वृद्धि गर्ने पर्वको रुपमा चिनिने जितिया पर्व नेपाल र नेपालीको पहिचान बोकेको पर्व भएको नगर उपप्रमुख चौधरीले बताउनुभयो । रासस

Chitwan Aaja चितवन आज
बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी
काठमाडौँबाट इस्तानबुल उडेको टर्किस एयरको विमानमा समस्या, कोलकोता डाइभर्ट
चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप

ताजा समाचार

सबै

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

काठमाडौँबाट इस्तानबुल उडेको टर्किस एयरको विमानमा समस्या, कोलकोता डाइभर्ट

चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

भरतपुरमा देउराली–जनता फार्मास्युटिकल्सले नयाँ औषधि उद्योग स्थापना गर्दै

क्यान्सर दिवसमा चितवन मेडिकल कलेजमा निःशुल्क बहिरङ्ग सेवा

फेरी बढ्यो सुनको मूल्य

राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम

निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

महोत्तरीको उखु खेतमा आगलागी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ४.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६.
    शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.