चितवन, असोज ८-
चितवनको छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन् । सोमवार भएको सवारी दुर्घटनामा भरतपुरमा दुई जना, माडी र इच्छाकामनामा एक÷एक जना घाइते भएका हुन् ।
भरतपुर महानगरपालिका–१२ बसन्त चोकमा काठमाडौंबाट टाँडीतर्फ जादै गरेको एमएच५०यु ५२५३ नम्बरको भारतीय कार र बिपरित दिशाबाट आएको ना१४प १५०५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । उक्त दुर्घटनामा परी मोटरसाइलक चालक बारा गढिमाई नगरपालिका–३ घर भई हाल भरतपुर–१५ बस्ने वषए २० को अवदेश प्रसाद गुप्ता र मोटरसाइकल पछाडि सवार सोहि ठाउँ बस्ने रुदन राम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
गुप्ताको बायाँ खुट्टा भाँचिएको र शरिरको विभिन्न भागमा चोट लागेको छ भने रामको टाउको र खुट्टामा मध्यम चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
त्यस्तै, ईच्छाकामना गाउँपालिका–५ सिमलधारा स्थित पृथ्वी राजमार्गमा नारायणगढबाट काठमाण्डौतर्फ जांदै गरेको ना ७ ख २१८१ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको प्रदेश१–०५–००१ प ९२४१ नम्बरको मोटरसाइकल।लाई ठक्कर दिंदा मोटरसाइकल चालक उदयपुर गाईघाट नगरपालिका–५ बस्ने २४ को आशिष चौधरी मध्यम घाईते भई एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
माडी नगरपालिका–७ गोपालनगर गण्डकी प्रदेश ०४–००१ प १५८३ नम्बरको मोटरसाइकल र ना ५७ प ५३७६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खांदा ना ५७ प ५३७६ नम्बरको मोटरसाइकल चालक माडी–७ बस्ने बर्ष ४१ को सुर्य प्रसाद अधिकारी मध्यम घाईते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । अर्का मोटरसाइकल चालक वर्ष १८ को रमित राई अधिकारीको उपचारमा संलग्न रहेका छन् ।
















