भरतपुर, १ असोज
अन्तराष्ट्रिय बाल दिवस एवं प्राथमिक उपचार दिवसकोे अवसरमा समाजिक संस्था मुस्कान जीवन समूह (Muskan Life Group) ले “एक घर, एक प्राथमिक उपचारक” भन्ने उदेश्यका साथ चालेको अभियान स्वरूप (एक) १ दिने उद्घघोषण तथा प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ ।
५ ओटा विद्यालयहरूको प्रतिनिधि विद्यार्थीहरु तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागितामा तालिम सम्पन्न भएको हो।
मुस्कान लाईफ ग्रुपका अध्यक्ष घनश्याम ढकाल प्रेमको अध्यक्षता र भरतपुर महानगरपालिका वडा नं २६ का वडा सस्दय सावित्री कोइराला ढकालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम विजय शर्मा, घनश्याम ढकाल प्रेमले प्रशिक्षण दिएका थिए।
भ्रस्टचार विरुद्ध अभियान सहयोगि समूह भरतपुर-२६ का संयोजक कृष्ण प्रसाद ढकाल, मुस्कान लाईफ ग्रुप बिद्यालय समन्वय समितिका संयोजक गंगा चौधरी, वडा नं २६ का बाल क्लबका अध्यक्ष अनुष्का भेटवाल, संस्थाको आजिवन तथा साधारण सदस्यलगायतको उपस्थिति रहेको थियो ।
मुस्कान जीवन समूह संस्थाका सचिव विजय शर्माले सञ्चालन गरेको उक्त्त कार्यक्रममा ६५ जनाको सहभागीता रहेको थियो।

















