चितवन, भदौ २९ –
पार्टी सदस्यता र नवीकरणका लागि नेकपा एमालेले मोबाइल एप्लिकेशनबाटै पार्टी सदस्यता वितरणको तयारी स्वरूप माडी– ८ कमिटीले आउँदो असोज २ गते तालिमको आयोजना गर्ने निर्णय गरेको छ ।
नेकपा एमाले पार्टीले सीपीएन यूएमएल (नेकपा एमाले) नामक एप सञ्चालनमा ल्याएसँगै माडी– ८ मा सो अनलाइन एप्लिकेशनको बारेमा तालिम सञ्चालन हुने भएको हो ।
शनिबार सम्पन्न नेकपा एमाले वडा कमिटी बैठकले आगामी ३ वर्षको आवधिक र १ वर्षको वार्षिक योजना तयार गर्न ५ सददस्यीय कार्यदल निर्माण गरेको पार्टीका जिल्ला सदस्य तथा वडा ईन्चार्ज श्रीप्रसाद दवाडीले जानकारी दिए ।
वडा कमिटी अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला सदस्य तथा वडा ईन्चार्ज श्रीप्रसाद दवाडी रहेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
















