चितवन, भदौ २९
सद्गुरुदेव सतापालजी महाराजको ७४ औ शुभजन्मोत्सवका अवसरमा नेपाल मानव धर्म सेवा समिति विभिन्न कार्यक्रम गरी मनाएको छ ।
शुभजन्मोत्सवका अवसरमा समितिले “राष्ट्रव्यापी शिक्षा अभियान वितरण–२०८१” अन्तर्गत राष्ट्रिय आधारभुत विद्यालय खद्रौलि, भरतपुर २६ मा कक्षा ८ सम्मका १५० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
कार्यक्रमको दोस्रो दिन शनिबार हंसकीर्तिआश्रम नारायणगढ प्राङ्गणमा १० जना महिला सहित जम्मा ६४ जनाले रक्तदान गरि कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता आश्रम प्रभारी म रमा बाइजि लगायत कार्यक्रममा म हितैसी बाइजि ,अध्यक्ष बिनोद पौडेल ,सल्लाहाकार थिरप्रसाद धिताल, मिशन एजुकेशन संयोजक रेशम न्यौपाने लयायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।
















