चितवन, २९ भदौ
चितवनको भरतपुर असोज १ गतेदेखि २५ गतेसम्म वडादशैं जुत्ताचप्पल मेला हुने भएको छ। चितवन उद्योग संघको आयोेजनामा मेला सुरु हुन लागेको हो।
मेला चितवन प्रदर्शनी केन्द्रमा हुनेछ। स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले पर्व मेला २०८१ अन्तर्गत जुत्ताचप्पल व्यापार मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।
मेलामा आठ कम्पनीका नौं वटा ब्राण्डका जुत्ता प्रदर्शनीमा राखिने सह– आयोजक संस्था बेस ग्लोबल प्रा.लिका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।
नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु लेडिज,जेन्स,बच्चा सबैलाई समेटिनेगरी आकर्षक छुटमा खरिद गर्न सकिने आयोजकले जनाएको छ । मेलामा ४० वटा स्टल रहने छ ।
मेलामा करिब ३० हजार जोर जुत्ता,चप्पलको बिक्री हुने हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा राखिएको छ । जुत्ता चप्पल खरिदमा ग्राहकले १५ देखि ५० प्रतिशतसम्म छुट पाउने छन् ।
स्वदेशी जुत्ता चप्पलको बारेमा आम उपभोक्तालाई जानकारी गराउन र स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचारप्रसार गर्ने उदेश्यले मेला आयोजना गरिएको हो।

















