चितवन, भदौ २८
३० औँ बालदिवसको अवसरमा “बालबालिकामा लगानी सुनिच्छत भविष्यको थालनी” भन्ने मुल नारालाई आत्मसाथ गर्दै भरतपुर महानगरपालीका वडा नंम्वर ११ वडा कार्यलयले आफ्नो वडामा रहेका कुल १२ वटा सामुदायिक तथा संथागत विद्यालयहरु स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रमुख अतिथि भरतपुर महानगरपालिका नगर शिक्षा अधिकारी सुवास चन्द्र आचार्य , कार्यक्रमका सभापती ११ नम्वर वडाका अध्यक्ष कमल बहादुर मल्ल, वडा सदस्य तथा शिक्षा समिति सदस्य एवम् शिक्षा विद भानु प्रसाद उपाध्यायको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट अंक ल्याउदै क्रमशः ज्ञानदर्शन ई. स्कुल प्रथम , शान्ति एकेडेमी द्धितिय , नारायणी ई.पब्लिक स्कुल तृतिय र मनशिक्षा मन्दिर सान्तोना स्थान हासिल गर्न सफल भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले बालबालिकाहरु हैसला वडाउनका लागि भएपनि यस्ता खालका विभिन्न कार्यक्रमहरु आगामी दिनहरुमा पनि गर्नै भन्दै मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थी बाबुनानीहरुलाई प्रश्न सोध्नो तथा कार्यक्रम संचालन वडा सचिव बाबुराम शर्माले गर्नुभएको थियो ।
















