काठमाडौं, जेठ १५ –
सम्पर्कविहीन भएको तारा एयरको जहाज अझैसम्म फेला पर्न सकेको छैन ।
आज दिन भर खोजी कार्य गरिरहेको नेपाली सेनाको टोलीले राति खोजि कार्य स्थगित गरेको छ । सैनिक प्रवक्ता नारायण सिलवालले अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको बताए । अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको छ ।
भोलि बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुने उनले जानकारी दिए ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज १०ः११ बजेदेखि सम्पर्कविहीन भएको थियो । जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी नागरिक सवार थिए ।