भरतपुर भदौ २१
मार्गदर्शन युवा क्लबको आयोजनामा ूप्रथम मार्गदर्शन फुटबल प्रतियोगिता ( २०८१ू शुक्रबारदेखि सुरू भएको छ । प्रथम सेभेन ए साईट वृहत् खुल्ला नकआउट फुटबल प्रतियोगितामा ३१ टिम सहभागी रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनुभएको भरतपुर महानगरपालिका वडा नम्बर ११ का जननिर्वाचित वडा अध्यक्ष कमल मल्लले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गर्नुभयो । शुक्रबार ४ वटा खेल सम्पन्न भएको आयोजकले जनाएको छ । पहिलो खेलमा आयोजक टिम मार्गदर्शन युवा क्लब र काभ्रेघाट युवा क्लव विच भएको खेलमा मार्गदर्शन २(१ गोल अन्तरले विजयी भएको छ । दोस्रो खेलमा भरतपुर ९ र चन्डिभन्ज्याङ क्लव विच भएको खेलमा भरतपुर ९ टिम १(० गोल अन्तरले विजयी भएको छ । तेस्रो खेलमा ग्रिनल्याण्ड युवाक्लवले शुभ विहानी क्लवलाई पछि पार्दै विजयी भएको छ भने चौथो खेलमा गणेशस्थान लाई हराउदै दरवार युवा क्लव विजयी भएको छ ।
क्लवका अध्यक्ष प्रकाश वस्तीको अध्यक्षतामा संचालित कार्यक्रममा सिद्धार्थ टोल विकास सस्थाका अध्यक्ष नारायणलाल श्रेष्ठ, आमा समुह अध्यक्ष बुद्धिमाया श्रेष्ठ, कैलास युथ क्लब अध्यक्ष सविन अधिकारी लगायतको उपस्थिती रहेको थियो । खेल प्रतियोगिताको विचविचमा सांस्कृतिक कार्यक्रम नृत्य प्रस्तुत गरिएको थियो ।
भदौ २१ गते देखि २७ गते सम्म हुने प्रतियोगिता कैलास युथ क्लबको खेल मैदानमा संचालन भएको छ ।