चितवन, भदौ २०-
भरतपुर महानगरपालिका–२ आँपटारीमा घरभित्रको गल्लिमा हिँड्ने क्रममा मार्वलमा चिप्लिएर बुधवार एक व्यक्तिको मृत्यु भएको छ ।
आँपटारीका स्थानीय खेसरप्रसाद अमगाईको घरमा पाहुना बस्न आएका भरतपुर–१५ बस्ने ५२ वर्षीय लोकनाथ ढकाल बुधवार बिहान ७ बजे मार्वलमा चिप्लिएर गम्भिर घाइते भएका थिए ।
मार्वलमा चिप्लिएर टाउकोमा चोट लागि गम्भिर घाइते भएका ढकालको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बुधवार बिहान ८ः३१ बजे मृत्यु भएको हो ।
this article source : KONTOL KUDA












