Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत १३, २०८२
☰
Logo शुक्रबार, चैत १३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • ९. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

  • १०. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

चितवन प्रहरीद्धारा साहारा र सनराईज सहकारीको ‘अडिट’ गरिदिन पत्राचार

चितवन, भदौ १८-
चितवनको नारायणगढमा रहेको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाका बचतकर्ताले जिल्ला प्रहरी कार्यालय चितवनमा गितेन्द्रबाबु राई (जिबी) सहित ११ जनाविरुद्ध उजुरी दिएको एक वर्ष नाघिसक्यो।

चितवन अदालतले प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको पनि असोज ९ गते एक वर्ष पुग्दै छ, तर पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएका कोही पनि पक्राउ पर्न सकेका छैनन्। यद्यपि ठगी मुद्दाको हदम्याद सकिनै लाग्दा प्रहरीले अनुसन्धानका लागि पहल थाल्न सुरु गरेको छ।

प्रहरीले आर्थिक विश्लेषणसम्बन्धी दक्ष टोली पठाइदिन बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई अनुरोध गरेको छ। अनुसन्धान अधिकारी तथा प्रहरी निरीक्षक शैलेन्द्रकुमार खड्काले यही भदौ १३ गते गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र अपराध अनुसन्धान विभागलाई बोधार्थ बनाएर चितवनका दुईवटा सहकारीको आर्थिक विश्लेषण गरिदिन अनुरोध गरेका छन्।

‘चितवनमा समस्याग्रस्त साहारा चितवन बहुउद्देश्य सहकारी संस्था र सनराइज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकले सहकारीको मापदण्डविपरीत विनाधितो ऋण प्रवाह गर्ने, कृत्रिम कारोबार देखाई ऋण फाइलहरू तयार गरी आफू तथा आफ्ना मानिसले सञ्चालन गरेको कम्पनीमा शून्य प्रतिशत ब्याजदरमा लगानी गरेको देखिएको छ’, सहकारी मन्त्रालयलाई लेखिएको पत्रमा लेखिएको छ, ‘के–कसरी बचतकर्ताको रकम हिनामिना भएको हो। उनीहरूले के–कति रकम कुन कम्पनी तथा प्रालिमा लगानी गरेका छन्, यकिन गरी भदौ मसान्तभित्र प्रतिवेदन बनाउन सक्ने गरी आर्थिक विश्लेषण टोली प्रबन्ध मिलाउन आदेशानुसार अनुरोध छ।’

ठगी मुद्दाको हदम्याद एक वर्षको हुन्छ। एक वर्षको अनुसन्धानपछि अदालतमा मुद्दा पेस गर्नुपर्ने हुन्छ। त्यसका आवश्यकस्वरूप अनुसन्धान अगाडि बढेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालले जानकारी दिए। ‘साहारा सहकारीको मात्र होइन अन्य सरकारीको पनि अनुसन्धान भइरहेको छ’, उनले भने, ‘कानुनअनुसार काम अगाडि बढिरहन्छ।’

चितवन प्रहरीले तत्कालीन नारायणकाजी गृहमन्त्री श्रेष्ठका पालामा सहकारीका बचतकर्तालाई उजुरी दिनका लागि आह्वान गरेको थियो, तर रवि लामिछाने गृहमन्त्री भएपछि जिल्लामा साहारा सहकारीको अनुसन्धान रोकिएको थियो। फेरि प्रहरीले फाइल अगाडि बढाएको छ।

चितवन प्रहरीमा अहिलेसम्म ४४ करोड रूपैयाँ हाराहारीमा रकम डुबेको भन्दै बचतकर्ताको निवेदन परेको छ। बचतकर्ताहरूले आफ्नो रकम फिर्ता गराइदिन पटकपटक भेट गरी ठूला राजनीतिक अध्यक्ष र सभापति तथा सरोकारवाला निकायसँग अनुरोध गरेका छन्। भदौ १५ गते पनि चितवनबाट संसदीय छानबिन विशेष समितिका संयोजक सूर्य थापा, गृहमन्त्री रमेश लेखकलाई समेत भेट गरी आएका छन्।

अहिलेसम्म यस सहकारीबाट पाँच सय बढी बचतकर्ताले निवेदन दिएका छन्। संस्थाका संस्थापक अध्यक्ष जिबी राई फरार छन्। उनीमाथि बचतकर्ताको ८५ करोड रूपैयाँ हिनामिना गरेको आरोप छ। ४५ करोड रूपैयाँ ऋण उठ्न बाँकी छ। त्यसमध्ये ४१ करोड रूपैयाँ जिबी राईसमेत संलग्न कम्पनीले लगेको साहारा सहकारी संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले जानकारी दिए।

एक वर्षसम्म पनि आफ्नो रकम फिर्ता नपाउँदा दुःख लागेको उनले बताए। ‘रकम फिर्ता गराउन सक्ने सम्बन्धित निकार्य भेट्न बाँकी कोही छैनन्। प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, चितवन २ का सांसद रवि लामिछाने, सहकारी मन्त्रालय, विभाग, महानगर वडाध्यक्ष सबैलाई भेट गरियो’, उनले भने, ‘हाम्रो समस्या उस्तै छ।’ डेलिकेसन धाउँदा–धाउँदा बचतकर्ताको ठुलो रकम खर्च भइसकेको उनले बताए।

साहारा सहकारीका अध्यक्ष जिबीसहित नारायणगढ शाखाका कार्यसमिति अध्यक्ष सागर केसी, उपाध्यक्ष हेमन्त अधिकारी, सदस्य भूपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, नारायणगढ शाखाका व्यवस्थापक दिनेश रोक्का, टाँडी शाखाका व्यवस्थापक तीर्थ लामिछाने र पर्सा शाखाका व्यवस्थापक मनोज गुरुङविरुद्ध पक्राउ पुर्जी छ, तर उनीहरू अहिलेसम्म फरार छन्। चितवन सनराइज सहकारीका सञ्चालक र व्यवस्थापक भने पक्राउ परेका छन्। साहाराका आबद्ध मानिसहरू पक्राउ नपर्नुमा शंकाको विषय रहेको दुवाडीले बताए।

चितवनको चार स्थानमा कार्यालय राखेर कारोबार गर्दै आएको सनराइज बचत तथा ऋण सहकारी संस्थाका पनि करिब दुई वर्षदेखि फरार छन्। जिल्ला प्रहरी कार्यालय चितवनमा परेको उजुरीअनुसार ६ सय बढी बचतकर्ताको ३३ करोड रूपैयाँ बढी रकम हिनामिना गरेर सञ्चालक फरार छन्। लायन्सचोक, विकासचोक, चनौली र पावर्तीपुरमा यसको शाखा थियो। अझै उजुरी आउने क्रम जारी रहेको प्रहरीले जानकारी दिएको छ।

यसका सञ्चालक समितिका अध्यक्ष नरेन्द्रकुमार रिमाल, उपाध्यक्ष सन्तोषी केसी, सचिव योगेन्द्र पाण्डे र कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवालीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ। अध्यक्ष रिमाल र सचिव पाण्डे गत चैतमा नवलपरासीको कावोसोतीबाट पक्राउ परेका छन्।

 

Chitwan Aaja चितवन आज
मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा
आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

ताजा समाचार

सबै

प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा

आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

बालेनलाई बधाई दिँदै बस्नेतले भने- हरेक कदम समालिएर अघि बढ्नुहोला

बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

र्‍यापर , इञ्जिनियर र समाजसेवी हुदैँ नेपालको ४३औं प्रधानमन्त्री बनेका बालेन शाह (बालेन्द्र)

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु

बालेनको क्याबिनेटबाट अमरेश आउट

टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु

१० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणापछि तेलको मूल्य घट्यो

प्रधानमन्त्रीसहित १५ मन्त्रीको नाम निश्चित

राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.