चितवन, भदौ १६
वैदिक आयुर्वेद सेवा प्रालि लायन्सचोकको आयोजनामा आयुर्वेदले सम्पुर्ण रोग सन्चो गर्छ भन्ने विषयमा खुल्ला तिज गित प्रतियोगिता भरतपुर ६ चोकबजार सम्पन्न भएको छ ।
कार्यक्रममा १६ वटा समुहको सहभागीता रहेको थियो । ‘आयुर्वेदले सम्पुर्ण रोग सन्चो गर्छ’ भन्ने विषयका साथ आईतबार चोकबजारमा रहेको रोयल व्याङकेटमा भएको प्रतियोगितामा मध्यविन्दु टोल विकास संस्था समुह प्रथम हुन सफल भएको छ । आनन्द दिदी बहिनी समूहसमुह चितवन द्वितीय, वैदिक सनातन सांस्कृतिक समूहटोल तृतीय, शान्तिनगर महिला समूह र मिलिजुली महिला समूहले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन ।
प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वनालाई ५ हजार सहित प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडा नं ६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठले पानशमा बत्तिबालेर कार्यक्रमको उद्घाटन गर्नभएको थियो । कार्यक्रममा बोल्दै वडा नं ६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठल े पछिल्लो समय तिज महिनौ दिन देखी तारे होटलमा गएर तड्किलो भड्किलो रुपमा मनाएर संस्कृति होइन विकृति भएर भित्रिएको बताउनुभयो । उहाँले तिज अभियानको मार्फतबाट तिजलाई विकृति होइन संस्कृति हो है भनेर सन्देश दिनु जरुरी रहेको बताउनुभयो । वैदिक आयुर्वेद सेवा प्र्रालिले स्वास्थ्यलाई मूल विषय बनाएर मानव स्वास्थ्य प्रति सचेतना फैलाउने गरी तीज गीत प्र्रतियोगिताको आयोजना गर्नुले समाजमा प्राचीन आयुर्वेदका माध्यमबाट महत्वपूर्ण सन्देश प्रवाह भएको बताउनु भयो ।
कार्यक्रममा वैदिक आयुर्वेद सेवा प्रालिबाट औषधी सेवन गरी पूर्ण रुपमा निको भएकाहरुलाई सम्मान गरिएको थियो ।
तिज गित प्रतियोगिताको निर्णायक मण्डलमा संचारकर्मी एवं संगीतकर्मी मधुसुन घिमिरे, वरिष्ठ भजन गायक हिरालाल कंडेल र वैदिक आयुर्वेद सेवा प्रालिका सञ्चालक सविता न्यौपाने रहनु भएको थियो ।
कार्यक्रम वैदिक आयुर्वेद सेवा प्रालिका प्रवन्ध निर्देशक चक्रपाणी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य वैदिक आयुर्वेद सेवा प्र्रालिका म्यानेजर एवं कार्यक्रमका संयोजक श्री भागवत लामिछानेले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार शुशिल क्षेत्रीले गर्नुभएको थियो ।