Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, कार्तिक १२, २०८२
☰
Logo बुधबार, कार्तिक १२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज सोमबार कुन राशिका लागि आजको दिन शुभ ?हेर्नुस राशिफल

  • २. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत ?

  • ४. चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

  • ५. विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायली राजदूतको भनाइ

  • ६. गायिका नितु पौडेलको मृत्यु प्रकरणमा गायक बाबुल गिरी पक्राउ

  • ७. रसुवागढी–केरुङ जोड्ने बेलिब्रिज निर्माण अन्तिम चरणमा

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए बहिनीहरूबाट तिहारको टीका

  • ९. चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना, ७ जनाको मृत्यु

  • १०. आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

संस्कृतिको संरक्षणमा जुट्दै चितवनका गुरुङ समुदाय

चितवन, भदौ १३-
चितवनका गुरुङ समुदाय संस्कार संस्कृतिको संरक्षण तथा एकरुपताका लागि जुटेका छन् । जिल्लास्थित गुरुङ समुदायको धार्मिक संस्था तमू प्ये ल्हु सङ्घले संस्कृतिको संरक्षणका र एकरुपताका लागि समुदायमा प्रचलित मौलिक सांस्कृतिक नृत्य ‘सेर्गा नाच’को तालिम सञ्चालन गर्ने भएको हो ।

बसाइँसराइसँगै मौलिक सांस्कृतिक तथा सामूहिक नृत्य हराउन थालेपछि संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ समूह निर्माण गरेर तालिममार्फत सिकाउने तयारी गरिएको सङ्घका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । यसअघि पनि संस्कृतिबारे विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको भन्दै गुरुङ समुदायको मृत्यु संस्कारमा पनि यो नृत्य देखाइन्ने भएको तालिम सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

परापूर्वकालदेखि चलिआएको संस्कृति भए पनि नयाँ पुस्ताले यसप्रति चासो नदेखाउँदा सेर्गा हराउने अवस्थामा आइपुगेको अध्यक्ष गुरुङले बताउनुभयो । “चितवनमा अधिकांश गुरुङ बाहिरी जिल्लाबाट बसाइँ सरी आएपछि नयाँ ठाउँमा संस्कृति संरक्षण तथा एकरुपता कायम चुनौती भएको छ, त्यसमाथि नयाँ पुस्तामा पुस्तान्तरण हुन नसक्दा संस्कृति पनि लोप हुने अवस्थामा आइपुगेको छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष गुरुङका अनुसार यो नाच गुरुङ जातिमा मृत्युपछि गरिने संस्कार अर्घौमा नचाइन्छ । समूहमा गाउने, बजाउने र नाच्ने हुँदा सेर्गाको लागि ठूलो समूह आवश्यक पर्ने उहाँको भनाइ छ । संस्कृति संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले संस्थागतरूपमा तमू प्ये ल्हु सङ्घमार्फत तालिम दिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

सेर्गामात्र नभइ गुरुङ जातिको धर्मगुरूलाई भेला गराई संस्कारलाई एकरुपता दिन थप परिस्कृत गर्दै लैजाने योजना रहेको अध्यक्ष गुरूङले बताउनुभयो । सेर्गा नाँचको तालिमको तयारी लागि गत सोमबार वृहत् दोस्रो खेगी ९धर्मगुरू० को भेला गरिएको थियो ।

धर्म संस्कारको संरक्षण र प्रवर्द्धनलाई अझ दिगो बनाउने र युवा पुस्ता माझ पु¥याउने उद्देश्य रहेको अध्यक्ष गुरुङले बताउनुभयो । “खेगी गुरूहरूको भेलामार्फत धर्म संस्कार संरक्षणलाई अझ दिगो बनाउने प्रयास गरेका हौँ”, उहाँले भन्नुभयो, “यसको मुख्य उद्देश्य आफ्नो जातिको संस्कारलाई भावी पुस्तासम्म पु¥याउनु हो ।” तालिम यथाशीघ्र सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

धर्मगुरूको भेलामार्फत जिल्लाभर बस्ने खेगीहरुसँग समग्र तमू जातिबीच सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका खेल्ने सङ्घका जिल्ला अध्यक्ष विक्रम च्हम्रु तमूले बताउनुभयो ।

सङ्घका पूर्वअध्यक्ष भीमबहादुर गुरुङले प्ये छ्याबारे समग्र तमू जातिलाई बुझाउन खेगी भेला फलदायी भएको बताउनुभयो । नयाँ पुस्तामाझ पुरानो मौलिक संस्कृतिलाई पुस्तान्तरण गराउन यस्ता गतिविधि आवश्यकपर्नेमा उहाँले जोड दिनुभयो ।

प्ये (वेद)मा एकरुपता आवश्यक
खेगी गुरुहरूले तमू जातिको संस्कार, संस्कृतिसम्बन्धी प्ये (वेद)मा एकरुपता ल्याउन आवश्यक रहेको बताउनुभयो । ठाउँ र भेगअनुसार तमू भाषामा देखिएको विविधताले खेगीको प्येमा पनि विविधता देखिँदा सबैको बुझाइ एकनासको हुन नसकेको खेगी (घ्याप्री गुरू) चित्रबहादुर गुरुङले उल्लेख गर्नुभयो । सबै खेगीको बुझाउने शैलीमा एकरुपता नहुँदा अन्य संस्कारले पनि प्रवेश पाएको उहाँको भनाइ छ ।

“हाम्रो संस्कार र संस्कृतिको महत्व कमजोर हुँदै जानुमा हामी दोषी छौँ । हामीले पुस्तान्तरण गर्न नसक्दा अरु संस्कार र संस्कृतिले प्रवेश गर्दै गएका छन्”, खेगी गुरुङले भन्नुभयो, “सबै गुरुङलाई बुझाउने ठाउँमा हामी रहेकाले अब पुस्तान्तरणसँगै संस्कार संरक्षण र प्रवर्द्धनमा जुटेका हौँ ।” खेगीबाट फरक शैलीमा सांस्कृतिक कुरा बाहिर आउँदा नयाँ पुस्ता अलमलमा परेकाले एकरुपता आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।

घ्याप्री गुरू नवराज गुरुङले जिल्ला र ठाउँअनुसार भाषा फरक भए पनि आफूले गर्दै आएको कर्म र त्यसबाट हुने प्रभावबारे खुलेर जानकारी गराउन सक्नुपर्ने बताउनुभयो । “हामी विभिन्न जिल्लाबाट आएर बसेका छौँ । ठाउँअनुसार भाषामा केही तलमाथि हुन्छ”, उहाँले भन्नुभयो, “त्यसको प्रभाव खेगीको वेदमा पनि देखिन्छ । हाम्रो जन्मदेखि मृत्युपछिसम्म चल्ने सांस्कारिक चलनको विषयमा राम्रोसँग बुझाउन नसक्दा कति गुरुङ आफ्नो संस्कार र संस्कृतिभन्दा बाहिर गइसकेका छन् । अब हामीले जोगाउने प्रयास गर्नुपर्छ ।”

पैँडी गुरू ज्ञानबहादुर गुरुङले यस समुदायमा नभइ नहुने वर्ग, पार्क र मेवाबारे पूर्ण जानकारी राख्नु सक्नुपर्ने बताउनुभयो । यससम्बन्धी जानकार व्यक्तिले नयाँ पुस्तालाई बुझाउँदै पुराना मौलिक संस्कारलाई पुस्तान्तरण गर्नु आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । रासस

Chitwan Aaja चितवन आज
बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या
सुनको भाउ घट्यो, चाँदी बढ्यो
दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

ताजा समाचार

सबै

यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या

सुनको भाउ घट्यो, चाँदी बढ्यो

दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ हिमपातसहित वर्षा

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन हुने

आगजनी, तोडफोड र लुटपाटमा संलग्न भन्दै करिब २५० जना पक्राउ

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

हिमपातबाट अलपत्र ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार

मुस्ताङ र मनाङमा भारी वर्षा

बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित

एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु

बालेनले गृहमन्त्री हटाउन दबाब दिएको भन्दै ईः ईः को टिप्पणीः प्रधानमन्त्री पनि फेरिन सक्छन्

चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो दुर्घटना अपडेटः चितवनकी एक महिलाको मृत्यु

बीपी राजमार्गमा सडकबाट ४२ फिट तल खस्यो कार, श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज सोमबार कुन राशिका लागि आजको दिन शुभ ?हेर्नुस राशिफल

  • २.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत ?

  • ४.
    चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

  • ५.
    विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायली राजदूतको भनाइ

  • ६.
    गायिका नितु पौडेलको मृत्यु प्रकरणमा गायक बाबुल गिरी पक्राउ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech