चितवन, १३ भदौ
भरतपुरमा फुटबल प्रतियोगिता हुने भएको छ। पहिलो संस्करण असोज १७ गतेदेखि सुरु हुने भएको हो । युवा स्टार फुटबल (YSFC) को आयोजनामा हुने यस प्रतियोगिता असोज २४ गतेसम्म चल्नेछ ।
प्रतियोगिता संयोजक कल्याण बस्नेतका अनुसार चितवन जिल्ला र जिल्ला बाहिरका चर्चित क्लबहरु सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी टिमको नाम टाई-सिट्मा सार्वजनिक गरिने बस्नेतले बताए ।
प्रतियोगिताका खेलहरु भरतपुर१०,चितवनमा अवस्थित मैयादेवी कन्या कलेज अगाडी रहेको चितवन मा वि को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाण-पत्रसहित ७०हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ट्रफी, मेड्ल, प्रमाण-पत्रसहित ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
क्लबका अध्यक्ष विक्रम थापा मगरले तयारी थालिएको बताए । पहिलो संस्करण भएको कारणले यस संस्करणलाई व्यवस्थित र भव्य बनाउने गरी तयारी थालिएको उनले बताए ।
यसैबीच प्रतियोगिताको मुख्य प्रायोजकमा मिनानो एजुकेसन प्रा.लि रहने भएको छ । त्यसै गरी यस प्रतियोगिताको सह प्रायोजक ई-प्लानेट रहेको छ ।