भरतपुर,भदौ १२-
चितवनको नारायणी नदी पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (बुधबार) बिहान ८ बजेका समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलको बिच भागबाट अन्दाजी ४५/५० बर्षकी महिलाले हाम फालेकी हुन ।
उनको खोजी भइरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।












