चितवन, १२ भदौ
भरतपुरको सनराइज स्कुलको होस्टेलबाट बेपत्ता भएका बालक भेटिएका छन् । सनराइज इंग्लिस बोर्डिङको कक्षा पाँचमा पढ्ने ११ वर्षीय संयोगबहादुर पौडेल परिवारको सम्पर्कमा आएका हुन्।
उनी मंगलबार अपराह्न ४ बजेदेखि सम्पर्कविहीन थिए। साथीसँग झगडा भएपछि आफू स्कुलबाट भागेको र बुबासँग भेट भएको बालकले बताएका छन् ।
अहिले बालक बाबुसँग रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।












