चितवन, १० भदौ
सनराइज स्कुलको आयोजनामा तीन दिने मोडेल युनाइटेड नेसन्सको पहिलो संस्करण आज समापन भएको छ। भदौ ८ गतेबाट विभिन्न १२ वटा विद्यालयका १२० प्रतिनिधिहरु सहभागी उक्त कार्यक्रममा चारवटा विभिन्न समितिहरु रहेका थिए । उक्त समितिहरूले विश्व परिवेशका समसामयिक मुद्दाहरुमा रहेर बहस तथा छलफल प्रस्तुत गरेका थिए ।
विद्यालयका विद्यालयका उपप्काचार्य भूमिराज तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत ऋषिराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै शर्माले यस किसिमका कार्यक्रमले विद्यार्थीमा नेतृत्व तथा व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिँदै उक्त किसिमका कार्यक्रमहरू अन्य विद्यालयले पनि सिक्न र गर्न लायक हुने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा समग्र प्रस्तुतिकरण र मूल्याङ्कनका आधारमा लिटिल फ्लावर स्कुलले उत्कृष्ट अवार्ड हात पार्न सफल भयो। विभिन्न उपसमितिबाट सहभागी विद्यार्थीहरु मध्येबाट अभिषेक पराजुली जेम्स फ्रान्सिस्को कडेल रक्षा केसी र अभिश कडेलले उत्कृष्ट प्रतिनिधि बन्न सफल भएको कार्यक्रमका संयोजक जीवलाल चालिसेले जनाए। कार्यक्रममा विवस पन्तले महासचिवको भूमिका निर्वाह गरेका थिए। साथै देवांश वैद्यलाई दोस्रो कार्यक्रमका लागि महासचिवको जिम्मेवारी समेत हस्तान्तरण गरे ।












