चितवन,भदौ ९-
चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ घुमाउनेमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । बस अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।
अहिले उद्धार भइरहेको छ । घाइते १०/१२ जनालाई उपचारका लागि भरतपुर पठाइएको उहाँले बताउनुभयो । सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको हो । थप बिबरण आउन बाँकी छ ।