चितवन, ४ भदौ
चितवनमा खोलाले बगाएको ६ वर्षीय बालक मृत फेला परेका छन्। कालिका–७ बस्ने उत्तम अर्यालको ६ वर्षीय छोरा हरिराम अर्याल मृत फेला परेका हुन् ।
बालक दिउँसो साढे १ बजेको समयमा हातखुट्टा धोइरहेको अवस्थामा बुङखोलाले बगाउँदा बेपत्ता भएका थिए ।
बगाएको स्थानबाट करिव ४ कि.मि.दक्षिण कालिका ६ मुलिजुली चोकको कुलोमा बालक मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।














