चितवन, ४ भदौ
चितवनको कालिका नगरपालिका–७ स्याउली बजारस्थित बुङखोलाले बगाएर ६ वर्षीय बालक बेपत्ता भएका छन् ।
आज दिउँसो साढे १ बजेको समयमा कालिका–७ बस्ने उत्तम अर्यालको ६ वर्षीय छोरा हरिराम अर्याललाई हातखुट्टा धोइरहेको अवस्थामा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बेपत्ता बालकको खोजीको लागि टाँडीका डिएसपीको नेतृत्वमा १३ जनाको टोली खटिएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उनका अनुसार हालसम्म बालक फेला परेका छैनन् ।














