चितवन, ३ भदौ
चितवनको माडी नगरपालिकामा रिऊ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
माडी नगरपालिका–९ स्थित कुसुम खोलामा बस्दै आएका ५० बर्षिय काजिमा प्रजाको आज दिउँसो ४ः२०को समयमा रिऊ खोलाले बगाएर मृत्यु भएको हो ।
प्रजालाई माडीको स्याउलीबाट कुसुम खोला बस्ती जाने क्रममा खोलाले बगाएको हो ।
प्रजाको शव घटनास्थलबाट करिव ५ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।














